विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले वास्तविक धरातलमा टेकेर बजेट आएको कारण कार्यान्वयन गर्न समस्या नहुने बताएका छन्।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राईले बजेट गठबन्धनको सरकार जस्तो गन्तव्यहीन रहेको र बजेट वास्तविक धरातलभन्दा बाहिर रहेको बताएका थिए।बिहीबार विराटनगरमा आगामी आर्थिक वर्ष ०७९।८० को बजेट छलफल तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले पूर्व मुख्यमन्त्री राईको टिप्पणीको जवाफमा यस्तो बताएका हुन्।&nbs