काठमाडौँ – दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बधाई दिएका छन्। निवासमा सभामुखले बुढामगरलाई नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा गरे। उनले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्।’ उपसभामुख […]