काठमाडौं : कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा अवधिमा आचारसंहिता उल्लङ्घन गर्ने राष्ट्रिय समाचार समिति (रासस) सहित ६५ वटा सञ्चारमाध्यम कारबाहीमा परेका छन्। प्रेस काउन्सिल नेपालले अनुगमन गर्दा ६५ वटाले आचारसंहिता उलंघन गरेको पाइएकोले कारबाही गरिएको जनाएको छ। काउन्सिलले आज सार्वजानिक गरेको प्रतिवेदन अनुसार कोरोना (कोभिड १९) सङ्क्रमणको नियन्त्रणको लागि २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको अवधिमा अनुगमन गर्दा मुख्य मुख्य ६५ सञ्चारमाध्यम/वेबपोर्टलमा आचारसंहित