कालीकोट : जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान भएको छ। अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटले प्लान्ट जडान गरेको जानकारी दिए।अक्सिजन प्लान्ट जडानपछि अस्पतालमा अक्सिजनको अभाव नहुने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले बताए।‘अक्सिजन भर्न नेपालगन्ज जानु पर्दथ्यो। त्यहाँ जाँदा पनि तुरुन्तै नपाउँदा धेरै समय कुर्नुपर्दथ्यो‚’ उनले भने‚ ‘अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छौं। अब अक्सिजन अभावको कारण