चार पटकको स्वर्ण विजेता सिमोनले अन्तिम चरणबाट नाम फिर्ता लिइन्

अमेरिकी जिम्नाष्ट एवम् चार पटकको ओलम्पिक स्वर्ण विजेता सिमोन बाइल्सले बिहीबारका लागि निर्धारित एकल अलराउन्ड फाइनलबाट नाम फिर्ता लिनुभएको छ । बाइल्स अमेरिकी जिम्नाष्ट इतिहासकै अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी हुनुहुन्छ । मानसिक स्वास्थ्यमाथि केन्द्रित हुन आफूले नाम फिर्ता लिएको बाइल्सले बताउनुभएको छ । मङ्गलाबार उहाँले महिला फाइनलको स्पर्धाबाट नाम फिर्ता लिनुभएको थियो ।

सम्बन्धित सामग्री

सागकी स्वर्ण विजेता अनु वैवाहिक बन्धनमा बाँधिइन्

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता कराते खेलाडी अनु अधिकारी वैवाहिक जीवनमा बाँधिएकी छन् । अनुले मंगलबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १३ का सुजन कटुवाल सँग विवाह गरेकी हुन् । उनीहरू केहि वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । साढे दुई वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं सागमा अनुले […]

स्वर्ण विजेता सन्जु चौधरीले किन रोजिन् त्यो बाटो?

काठमाडौँ– मंगलबार एकाबिहानै खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्‍यो। घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सन्जु चौधरी सुतेको कोठामै मृत फेला परिन्। अघिल्लो रात खेलाडी साथी, संघका पदाधिकारी र प्रशिक्षक साथ रमाइलो गर्दै खानपिन गरेकी सन्जु मंगलबार बिहानै कोठामा झुन्डिएको अवस्थामा भेटिइन्। यसले नेपाली खेलकुद यतिबेला तरंगित भएको […]

१३औँ सागको स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

काठमाण्डाै - १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा मृत भेटिएकी ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

रहिनन् १३औँ सागको स्वर्ण विजेता सञ्जु

इलाम :  १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) की स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरीको मृत फेला परेकी छन्। एसियाली खेलकुदको तयारीका क्रममा रहेकी चौधरी प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुमा रहेको घरमा मंगलबार मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ।  बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि भएको १३ औं सागमा ५९ केजी तौल समुहमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन्। उनी केहि दिन अघि भ

स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

काठमाडौँ । एसियाली खेलकुदको तयारीमा रहेकी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्। केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मङ्गलवार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ। ‘हामीलाई बिहान साढे ५ बजे खबर आयो, […]

सागका स्वर्ण विजेता भूपेन्द्र फाइनलमा

१३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता भूपेन्द्रले ६३ केजी तौल समूहको सेमिफाइनलमा एपिएफका सोनमलाई तीन चरणमा हराए १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय...

सागकी स्वर्ण विजेता मिनु सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र लुम्बिनी प्रदेशकी माया खत्री गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५१ केजीको सेमिफाइनलमा पुगेका छन् । बसन्तपुर डबलीमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार मिनुले बागमती प्रदेशकी अस्मिता दुवाललाई र मायाले सुदूरपश्चिम प्रदेशकीसोनिया शेठ्ठीलाई पराजित गर्दै […]

सागकी स्वर्ण विजेता अनुपमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता एपिएफकी अनुपमा मगरले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार त्रिभुवन आर्मी क्लबको सनी तामाङलाई १०–६ ले हराउँदै च्याम्पियन बनेकी थिइन् […]

सागमा स्वर्ण पदक विजेता कृष्णबहादुर राईको निधन

काठमाण्डाै - नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कृष्णबहादुर राईको निधन भएको छ । सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरसको सङ्क्रमणका कारण हिजो निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताउनु भएको छ । आठौँ सागमा उनले टिम कातातर्फ स्वर्ण जितेका थिए । राई चौथो राष्ट्रिय खेलकुदको एकल काताका स्वर्ण विजेता पनि हुन् । उनका श्रीमती र छोरा छन् ।

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]