काठमाण्डाै - नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कृष्णबहादुर राईको निधन भएको छ ।
सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरसको सङ्क्रमणका कारण हिजो निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताउनु भएको छ । आठौँ सागमा उनले टिम कातातर्फ स्वर्ण जितेका थिए ।
राई चौथो राष्ट्रिय खेलकुदको एकल काताका स्वर्ण विजेता पनि हुन् । उनका श्रीमती र छोरा छन् ।