काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मङ्गलवार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मङ्गलवार मध्यराति १२ बजेदेखि लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा उपत्यकामा मङ्गलवार मध्यरातबाट लागु हुने गरी काठमाडौँ उपत्यकामा राजनीतिक भेला र महोत्सव