सत्तासीन नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल (गौतम) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा संशोधन प्रक्रिया लागू नहुने बताएकी छन् । आइतबार सरकारले एमसीसी सम्झौता संसदमा टेबल भएपछिको प्रक्रियाबारे रातोपाटीसँगको कुराकानीमा उनले यसमा संशोधनको आधार नै नभएको बताइन् । ‘एमसीसीमा संशोधनको प्रक्रिया लागू हुँदैन । संशोधन गर्न सक्ने आधारहरु छैन,’ कानुनकी जानकारसमेत रहेकी भुसालले भनिन्, ‘यो सम्झौतामा संशोधन गर्ने ठाउँ नभएकाले विषय वस्तुको उठान मात्र ह