काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका एकजना फरार प्रतिवादी समातिएका छन्। गिरोहमा संलग्न हरिभक्त महर्जन पक्राउ परेका हुन्।उनलाई बिहीबार नियन्त्रणमा लिएर आजै जिल्ला अदालत काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। योसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका समातिने सदस्य १८ जना पुगेका छन्।यसअघि पक्राउ परेकाहरुको जिल्ला अदालत काठमाडौंमा बयान लिने क्रम जारी छ। पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम