काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको निवेदनमाथि बिहीबार उच्च अदालत पाटनमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ। पुर्पक्ष थुनामा रहेकासहित १८ जनाको निवेदनमाथि एकमुस्ट सुनुवाइ हुने भन्दै पेसी तोकिए पनि निवेदककै कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गरिएको अदालत प्रशासनले जनाएको छ।सबैको पेसी न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा परेको थियो। पुर्पक्ष थुनामा पठाइएका १६ जनाले आफूहरूलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश त्र