काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ।एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईले प्रवक्ताको रूपमा कार्यभार सम्हालेका हुन्।नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उनको नाम र तस्वीर अपडेट गरिएको छ।