कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ९ घरकटुवा खोलामा मल्टीट्रष्ट पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। ८३ लाख रुपैयाँको लागतमा पुल निर्माणको कार्य उपभोक्ता समिति मार्फत भैरहेको छ।नौखरी र सिसैया गाउँ जोड्नका लागि घरकटुवा खोलामा पुल निर्माण भैरहको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताए।‘पुलको स्टील जडानको कार्य पूरा भएको छ', उनले भने, 'एकातर्फको पर्खाल निर्माण कार्य सकिएको छ। अर्कातर्फको पर्खाल निर्माणको कार्य पूरा भएपछि पुल सञ्चालनमा आउँछ।’दुई साता भित्रै पुल सञ्चालनमा आउने उनले