राष्ट्रिय झण्डासहितको स्तम्भ बेगनासको आकर्षण

काठमाडौँ– पर्यटकीय नगर पोखरास्थित बेगनासतालको बाँध छेउमा निर्मित राष्ट्रिय झण्डासहितको स्तम्भमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रोटरी क्लब अफ लेखनाथको करिब ६ लाखको लागतमा निर्मित बेगनाशतालको दृष्यावलोकन गर्ने तथा राष्ट्रिय झण्डासहितको स्तम्भमा पछिल्लो सयमा तस्वीर खिचाउने आन्तरिक पर्यटकको आकर्षण बढेको हो । स्तम्भमा बेगनासतालको क्षेत्रफल, गहिराइलगायत अधिकांश विषयको तथ्याङ्क राखिएको छ । बेगनासताल आउने […]

सम्बन्धित सामग्री

यो साताका २० तस्बिर

काठमाडौं – हरेक साता विशेष हुन्छन् । नेपालमा पछिल्लो समय सहरमा बसोबासको आकर्षण बढे पनि सुन्दरता ग्रामीण दृष्यमा देखिन्छ । किसानका कर्म, धार्मिक र सांस्कृतिक परम्परा नेपालका आकर्षण हुन् । यो साताका तस्बिरले नेपाली समाजको प्रष्ट दृश्यलाई उजागर गरेको छ । काठमाडौँको टुँडिखेलमा आइतबार गुरुङ समुदायको चाड तमु ल्होसार मनाउन आफ्नो परम्परा झल्कने घरको स्तम्भ […]

पहिचान भएको पनि दशक बित्यो अझै गुमनाम छ ‘गुरिल्ला ट्रेक'

गण्डकी । पर्यटक पथप्रदर्शक दिवस गुरुङका भनाइमा ‘लुकेको हीरा’ हो गुरिल्ला ट्रेक । गतसाल मध्यबर्खामा उनले ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेका थिए । गत वर्षको साउनको दोस्रो साता पोखराबाट निस्किएका उनले पर्वत, बागलुङ, पूर्वी रुकुम हुँदै भदौ आखिरीतिर रोल्पाको जेलवाङ पुगेर पदयात्रा बिट मारेका थिए । 'बागलुङको बुर्तिबाङसम्म मोटरमा पुगेँ, त्यसपछि ढोरपाटन हुँदै पदयात्रा सुरु गरेको थिएँ,' २९ वर्षीय गुरुङले भने, 'अरु पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको पदमार्ग भएकाले घुम्ने हुटहुटी र जिज्ञासा पहिलेदेखि नै थियो ।' उनका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथितिआदि गुरिल्ला ट्रेकका विशेषता हुन् । 'गुरिल्ला ट्रेक ‘भर्जिन’ गन्तव्य हो, यसको ब्राण्डिङ गर्नु जरुरी छ,' उनले भने, 'नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ ।' रोल्पाको सुनछहारी गाउँपालिकाका पर्यटन व्यवसायी तथा घरबास महासङ्घ लुम्बिनीका उपाध्यक्ष बालकुमार पुनले छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने बताए । उनका अनुसार सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । मध्यम दूरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनको भनाइ छ । जुन बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिने पुनले बताए । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाई समेत समेट्ने उनको भनाइ छ । 'ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ्गाउन सकिन्छ,' उनले भने, 'यो ट्रेकले माओवादी जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङदेखि युद्धले सघन प्रभाव परेका ठाउँलाई जोडेको छ, युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको हो ।' बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिने उनले बताए । 'बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ÷दस दिनमै टुङ्गाउन सकिन्छ, समय र अरु व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर गुरिल्ला ट्रेकमा जान सकिन्छ,' पुनले भने । अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचे जसरी गुरिल्ला ट्रेकको विकास भने हुन नसकेको उनको भनाइ छ । 'राज्यले पनि खासै हेरेन, पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा यो ट्रेक परिरहेको छ,' पुनले भने, 'पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि गुरिल्ला ट्रेक यसै गुमनाम छ ।' नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको पहलमा विसं २०७२ मा यो पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो । माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । 'गुरिल्ला ट्रेकको अवधारणा विसं २०६८/०६९ देखि नै सुरु भएको हो, घोषणा र प्रवद्र्धनको काम पछि आएर भयो,' पुनले भने, 'अरु भन्दा यो ट्रेक विशिष्ट खाले छ, युद्ध पर्यटनसँग जोडिएको छ ।' पूर्वाधार र प्रचार अभावमा गुरिल्ला ट्रेक छायाँमा परेको उनका बुझाइ छ । 'अध्ययन/अनुसन्धानका लागि देशविदेशका खोजकर्ता तथा अनुसन्धानकर्मी बेलाबेला आउँछन्, तर पर्यटकको आकर्षण भने बढ्न सकेको छैन,' उनले भने, 'योजनाबद्ध पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनको खाँचो छ, स्थानीय तहदेखि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ ।' उक्त ट्रेकको नक्साङ्कन भइसकेको र विभिन्न टुर्स एण्ड ट्राभल्स कम्पनीमार्फत पनि प्रवर्द्धनको प्रयास भइरहेको पुनले उल्लेख गरे । 'म्याग्दीको गुर्जाघाटदेखि ढोरपाटनको बुकी भएर पूर्वी रुकुम निस्कदा दुई÷तीन दिनसम्म मानव बस्ती नै भेटिँदैन, लत्ताकपडा, खानेकुरा, टेण्टसहित बन्दोबस्ती लिएर यो ट्रेकमा जानुपर्छ,' पुनले भने, 'अन्त भने खाजाघर, होटल र घरबास ठाउँठाउँमा छन्, खास ठूलो समस्या छैन ।' पर्यटक पथप्रदर्शक गुरुङले गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उल्लेख गरे । 'छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थलआदिको अवलोकन गर्न सकिन्छ,' उनले भने, 'अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।' उनका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो ट्रेकको प्रमुख आकर्षण हो । गुरुङले पदयात्राका क्रममा ढोरपाटनको बुकी क्षेत्रका गोठालासँग सातादिन बिताउनुभएको थियो । 'गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ,' उनले भने, 'अरु पदमार्गको भन्दा बेग्लै अनुभवका लागि गुरिल्ला ट्रेक रोज्न सकिन्छ, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।' अग्ला पहाड, भीरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कदाँ सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङको सुझाव छ । घोषणा भएर प्रयोगमा आएको वर्षौँ बितेपनि गुरिल्ला पदमार्गले सोचेजति उचाइ लिन नसकेको उनका अनुभव छ । गुरिल्ला ट्रेकमा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने गुरुङले विचार छ । 'पदमार्ग स्तरोन्नतिदेखि पूर्वाधारमा ध्यान दिनु आवश्यक छ, ठाउँठाउँमा चिया–खाजा पसल, विश्रामस्थल बनाउनुपर्छ,' उनले भने । स्तरीय पदमार्ग, होटल तथा घरबासको अभाव आदि कारणले पनि गुरिल्ला पदमार्गमा पर्यटकको आकर्षण बढ्न नसकेको गुरुङले बताए । उनले पदमार्गमा व्यवस्थित रुपमा सूचना र सङ्केत पाटी राख्नुपर्ने आवश्यक औँल्याउनुभयो । 'माओवादी जनयुद्धबारे बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ,' गुरुङले भने, 'मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज–अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।' रुकुम पूर्वको भूमे गाउँपालिका–९ का अध्यक्ष विनोद बुढाले पछिल्लो समय गुरिल्ला पदमार्गको चर्चा सेलाउँदै गएको बताए । 'सुरुसुरुमा प्रचारमा पनि आयो, पूर्वाधार निर्माणका केही काम पनि भए तर अहिले यो ट्रेक ओझेलमा परेको छ, पर्यटक पनि आएको देखिन्न, कसैले नाम लिएको पनि सुनिन्न,' उनले भने, 'माओवादीको चुनुवाङ बैठक भएको भेरीडाँडालाई भने ऐतिहासिकस्थलका रुपमा संरक्षण गर्ने काम भइरहेको छ, अहिले सडकमार्गले पनि जोडिएको छ ।' बैठकस्थल, सैन्य अभ्यास गरिएका ठाउँ, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता बसेका घरलगायत संरचनाको जीर्णोद्धार गरिएको अध्यक्ष बुढाले बताए । पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पालगायत ठाउँमा जनयुद्धकालीन समयको झल्को दिने गरी सङ्ग्रहालय, शान्ति स्तम्भ, सहिदमार्गआदि निर्माण भइरहेको उनले बताए । पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ब्राण्डिङ गर्नसके गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए । 'ढोरपाटनलगायत पश्चिम पहाडी क्षेत्र पर्यटन विकासमा अहिले पनि पछाडि छ, राज्यका निकायको पनि ध्यान पुग्न सकिरहेको छैन,' उनले भने, 'युद्धबाट गुज्रेका ग्रामीण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई गुरिल्ला ट्रेकमा आकर्षित गर्न सकिन्छ ।' रासस

‘कृषिको सम्भावना उपयोगका लागि कृषक–निजीक्षेत्र सहकार्य’

वीरगञ्ज । मधेश प्रदेशमा कृषिको सम्भाव्यता उपयोगका लागि किसान र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । कृषि मधेशको समृद्धिको मुख्य आधार मात्र नभएर अर्थतन्त्रको मूल स्तम्भ भएकाले निजीक्षेत्रसँगको सहकार्यले मात्र सम्भावना साकार पार्न सकिने निजीक्षेत्रको ठहर छ । मधेशमा कृषिको सम्भावना अत्यधिक भएर पनि खेतीको क्षेत्रफल घटेकोप्रति वीरगञ्ज उद्योग वाणिज्य संघले चिन्ता प्रकट गरेको छ । कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि किसान र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरले हालै तयार पारेको एउटा अध्ययन प्रतिवेदनले कृषिमा प्रचुर सम्भावना भएर पनि मधेश प्रदेशमा कृषि उत्पादनको क्षेत्रफल घटेको देखाएको छ । मधेशको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनले गत आर्थिक वर्ष (आव) २०७८/७९ मा मधेशमा खाद्य तथा अन्य बाली, तरकारी, बागवानी र फलफूल तथा मसलाखेती गरिएको  क्षेत्रफल ११ लाख ६६ हजार ४९२ हेक्टरबाट ११ लाख ६३ हजार २९ हेक्टरमा झरेको देखाएको हो । राष्ट्र बैंकले आव २०७७/७८ लाई समीक्षा वर्ष मानेर अध्ययन गरेको थियो । कृषिमा आधारित उद्योगमा सक्रिय रहेका गुप्ताले प्रविधि र आर्थिक स्रोतको अभावमा क्षमताअनुसार कृषि उत्पादन फस्टाउन नसकेको दाबी गरे । ‘किसानमा खेतीसम्बन्धी ज्ञानको अभाव, प्रविधिमा पहुँचको कमीजस्ता कारणले मधेशको सम्भाव्यता खेर गइरहेको छ । क्षमताअनुरूप उत्पादन हुन सकिरहेको छैन,’ उनले भने, ‘निजीक्षेत्रलाई किसानसँग जोडेर कृषि क्षेत्रको आधुनिकीकरणका लागि सरकारले नीतिगत पहल गर्नुपर्दछ ।’ कृषिमा आधारित र कृषिलाई सहयोग पुर्‍याउने उद्योग बन्द हुनु, भारतबाट खाद्यान्नको अवैध आयातजस्ता कारणले पनि मधेशमा कृषिमा सम्भावना उपयोग हुन नसकेको संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बताए । वीरगञ्जको चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन हुन सकेमा मधेशको कृषिमा उल्लेख्य सुधार आउन सक्ने दाबी अग्रवालले गरे । ‘राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना चलाउने कुरा आएको छ । यो सकारात्मक हो । अब चिनी कारखाना पनि चलाउनुपर्‍यो,’ उनले भने । वीरगञ्जको चिनी कारखाना सञ्चालनका लागि उपयुक्त मोडालिटीमा निजीक्षेत्रसँग सहकार्य गर्न सकिने सुझाव पनि उनले दिए । केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २४ दशमलव ५ प्रतिशत छ । मधेशको जीडीपीमा कृषिको अंश ३४ दशमलव ५ प्रतिशत छ । औसत योगदानको तुलनामा प्रदेशगत जीडीपी १० प्रतिशत बिन्दुले बढी हुनुलाई निजीक्षेत्रले महत्त्वपूर्ण सम्भावना भनेको छ । सहज ढुवानी र बजार भएर पनि कृषिको क्षमता उपयोग हुन नसकेको निजीक्षेत्रको भनाइ छ । कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरणको अभाव देखिएको बुझाइ कृषि उद्यमी जगदीशप्रसाद अग्रवालको छ । ‘कृषि पेशामा युवाको आकर्षण कम हुँदै गएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने युवालाई कसरी कृषिकर्ममा लगाउन सकिन्छ भन्नेमा नीति केन्द्रित हुनुपर्दछ,’ उनले भने । भूखण्डीकरणले कृषिमा समस्या आएको बुझाइ उनको छ । कृषिमा सामूहिक र सहकारी खेतीका कुरा निकै भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको दाबी अर्थसामाजिक विश्लेषकसमेत रहेका अग्रवाल गर्दछन् । ‘कृषिलाई उद्यमसँग जोड्न ठूलो परिमाणमा जमीन उपलब्ध हुनुपर्ने र यसका लागि निजीक्षेत्रले जग्गा करारमा लिएर खेतीको अभ्यास प्रभावकारी हुन सक्थ्यो,’ उनले सुझाए । निजीक्षेत्रको आर्थिक क्षमता र किसानको जमीनलाई आपसमा आबद्ध गरेर सम्भावना उपयोग गर्न सकिने उनले बताए । यसका लागि निजीक्षेत्र र किसानसँग सहकार्यको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । ‘मधेशमा एउटा कृषि विश्वविद्यालय र कृषि अनुसन्धान केन्द्रको स्थापना पनि जरुरी छ,’ उनले भने ।

पर्यटक आकर्षणको केन्द्र बन्दै बाबाताल

पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर स्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो ।बाबाताल वरिपरिको वन, वनभोज स्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ (भ्यूटावर)समेत निर्माण ग

सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण

चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ ।

सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण

– खेमराज गौतम/ चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ । त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । बनौलेकको हल्जुरेडाँडाबाट देखिने दन्तेलहरजस्तै हिमशृङ्खलाले […]

तोङवाको स्तम्भ

फुङ्लिङ, २४ माघ: ताप्लेजुङको सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल सुकेटार क्षेत्रमा पर्यटकलाई आकर्षण गर्नका लागि बनाएको तोङवाको स्तम्भ ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

पर्यटक तान्न संग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण

लमजुङ । लमजुङमा पर्यटक आकर्षण गर्न संग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण भएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ सिउरु गाउँमा संग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण भएको हो । प्रदेश सरकारको २० लाख र स्थानीयको श्रमदान २ लाख ५ हजार गरी २२ लाख ५ हजारमा संग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण भएको बताइएको छ । गुरुङ समुदायको पहिचान तथा परम्पराको संरक्षण गर्दै पर्यटकलाई लोभ्याउन संग्रहालय निर्माण गरिएको सिउरुङ पर्यटन समितिका सदस्य परकाशी गुरुङले बताए । संग्रहालयमा गुरुङ जातिको भेषभूषा, गुरुङ जातिले प्रयोग गर्ने ढिकी जाँतो, ठेकी, राडीपाखीलगायत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने सबै सामग्री राखिने उनको भनाइ छ ।      त्यस्तै सोही स्थानमा दृश्यावलोकन स्तम्भ पनि निर्माण गरिएको छ । नवनिर्मित स्तम्भबाट सिउरुङ गाउँ, मर्स्याङ्दी नदी, हिमाललगायत विभिन्न रमणीय दृश्य देख्न सकिनेछ । गाउँमा घरवास (होमस्टे) समेत रहेकाले यहाँ आउने पर्यटकहरुलाई भुलाउँदै उनीहरूको बसाइ लम्ब्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।   २०६५ सालदेखि शुरू भएको सिउरुङ घरवासमा हाल १९ ओटा घरवास सञ्चालन गरिएको छ । सिउरुङगाउँमा १२० घरधुरी रहेको छ । मनास्लु हिमालको काखमा रहेको सो होमस्टे समुद्री सतहदेखि १ हजार ८५४ मिटरको उचाइमा रहेको छ । गाउँकै सामुन्ने ऐनाजस्तै गरी देखिने मनास्लु हिमश्रृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायत हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । घरवासमा पुग्ने पर्यटकलाई स्वच्छ खाना, स्थानीय कुखुराको मासु, गाउँमै उत्पादिन सागसब्जीलगायतको परिकार खुवाउने गरिन्छ । साथै, गुरुङ समुदायको सांस्कृतिक पर्वहरू कृष्ण चरित्र, घाँटु, सोरठीलगायत नाचहरू हेर्न र रोदी बस्न पाइन्छ । बँेसीशहरबाट पर्यटकका लागि सिउरुङ गाउँ पुग्न२४ किलोमिटर जिपमा यात्रा गर्नुपर्छ । दैनिक पर्यटकको भीडभाड लाग्ने गर्ने यहाँ यतिबेला निषेधाज्ञाका कारण सुनसान छ । निषेधाज्ञा खुलेसँगै बढीभन्दा बढी पर्यटक गाउँ ल्याउने योजनामा यहाँका घरवास सञ्चालक छन् । रासस

पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान

हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा नपसी फर्कने कमै हुन्छन् । दशै, तिहार र छठपछि त यस उद्यानमा भारतीय र आन्तरिक पर्यटकको भीड लाग्ने स्मारक व्यवस्थापक आरसी न्यौपाने बताउनुहन्छ । उहाँका अनुसार वनभोज, विवाह, व्रतबन्ध, गोष्ठी, अधिवेशन जस्ता कार्यक्रमले स्मारकलाई व्यस्त राख्ने गर्छ । अध्ययन भ्रमण तथा घुमघामका लागि पनि यो स्मारक एक आकर्षण बनेको छ । त्यसैले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । यहाँ वार्षिक पाँचदेखि छ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् । पर्यटकीय याममा भने यहाँ दैनिक पाँचदेखि सात हजार मानिस आउने गर्छन् । शहीदहरुको स्मृतिमा देशभर निर्माण भएका स्थलमध्ये सबैभन्दा ठूलोस्थलको रुपमा रहेको शहीद स्मारक देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।  निजी क्षेत्रबाट निर्माण भएर पनि देशमै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दै गएको शहीद स्मारक उद्यान, हेटौँडामा अहिले दैनिक औसत दुई हजार भन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्मारक कार्यालयले जनाएको छ । पर्यटकलाई आकर्षित गर्न उद्यान क्षेत्रमा बालउद्यान, चिडियाखाना, पौडीपोखरी, विश्रामस्थल, वनभोजस्थल, मदन स्मारक, पर्यटक सूचना केन्द्र, थाहा स्तम्भ, आकर्षक प्रवेशद्वार, झोलुङ्गे पुल, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र, बगैचा, धरहरा पार्क, मैत्रीपार्कलगायतका संरचना बनाइएको छ ।

तराईका पर्यटक आकर्षण गराउन पहाडको स्तम्भ

धनकुटा : चिसो मौसम सुरु हुने समय आउनै लाग्दा तराईमा गर्मी अझै निकै छ। असोज पहिलो साता हुँदा पनि दिनभरि लाग्ने टण्टलापुर घामले तराईको जनजीवन प्रभावित बनाएको छ। बाटोमा हिँड्दा उखरमाउँदो गर्मीको तातो रापले सर्वसाधारण घरभित्रै बस्न बाध्य छन्। तराईमा अधिकतम ३६ डिग्री सेल्सियस पुगेको तापक्रम न्यूनतम पनि २५ डिग्रीसम्म रहेको छ। ...