कुलमानकै गृह जिल्लाका जनता प्राधिकरणको लापरबाहीका कारण हैरान

रामेछापका जनता विद्युत् प्राधिकरणको लापरबाहीका कारण हैरान भएका छन् ।विद्युत् प्राधिकरणले विद्युत् सेवा नियमित गर्न नसक्दा रामेछाप बासी हैरान भएका हुन् । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङको गृह जिल्ला समेत रहेको रामेछापमा दैनिक बारम्बार बिजुलीको आपुर्तिमा समस्या भइरहेको छ । सेवा गुणस्तर सुधारको लागि स्थानीयले बारम्बार विद्युत् प्राधिकरणको मन्थलीस्थित वितरण केन्द्रमा धर्ना दिनेदेखि कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको भएपनि सेवामा सुधार आएको छैन । जिल्लाका ग्रामीण क्षेत्रमा मात्र नभई सदरमुकाम मन्थली बजारमै पनि हरेक दिन पटक पटक विद्युत् आउने जाने हुने गरेको छ ।विद्युत् सेवामा अनियमितता हुँदा उपभोक्ताले सास्ती र समस्या भोग्नु परेका भन्दै मानव अधिकार संरक्षण सञ्जाल रामेछापले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सञ्जालले सोमबार एक विज्ञप्ती जारी गरी रामेछापमा विद्युत् आपूर्तिमा लामो समयदेखि समस्या देखिएको भन्दै तत्काल यो समस्या समाधान गर्न माग गरेको छ ।सञ्जालका संयोजक पाण्डव प्रसाइँले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै बारम्बार विद्युत् जाने तथा लामो समयसम्म विद्युत् आपूर्तिमा अवरोध हुने समस्या समाधानका लागि प्राधिकरणको रामेछाप वितरण केन्द्रले हालसम्म कुनै ध्यान नदिएको जनाएका छन् ।  ‘बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण बिग्रिएर सर्वसाधारणको ठुला क्षति भएको छ, त्यस्तै  होटेल, उद्योग, व्यवसाय समेत लगातार विद्युत् आपूर्ति नहुँदा समस्यामा परेका छन्, सेवाग्राहीले सेवा प्रदायक निकायमा सेवा लिन पर्खनु पर्ने अवस्था सिर्जना भएको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।यसअघि पनि यस विषयमा सञ्जालले कार्यालयमा नै गएर ध्यानाकर्षण गराएको स्मरण पनि सञ्जालले गरेको छ । विभिन्न नागरिक संस्था तथा उपभोक्ताले बारम्बार कार्यालयमै गएर धर्ना दिँदा पनि सेवामा सुधार आउन नसक्दा उपभोक्ताले हैरानी खेप्नु परेको सञ्जालले जनाएको छ । ध्यानाकर्षण पत्र:                                                                                  मानव अधिकार संरक्षण सञ्जाल  रामेछापमिति २०७९ भदौ २७ गते ध्यानाकर्षण पत्र मानव अधिकार संरक्षण सञ्जाल रामेछाप मानव अधिकार  र सामाजिक न्यायको क्षेत्रमा आवाज उठाउने रामेछापको नागरिक सञ्जाल हो । जिल्लामा मानव अधिकार तथा नागरिक सरोकारका विषयमा काम गर्ने विभिन्न संस्था तथा  व्यक्ति आबद्ध यस सञ्जालले मानव अधिकार र नागरिकका समस्या विषयमा निरन्तर आवाज उठाउने तथा समस्या समाधानमा सरोकारवालासँग सहकार्य गदै आएको कुरा यहाँहरूमा अवगत नै छ । रामेछाप जिल्लामा केही समय यतादेखि विद्युत् आपूर्तिमा अनियमितताको समस्या नियमित समस्या जस्तै बनेको छ । बारम्बार विद्युत् जाने, लामो समसम्म विद्युत् आपूर्तिमा अवरोध हुँदा पनि समस्या समाधान गर्ने कुरामा नेपाल विद्युत् प्राधिकरण मन्थली वितरण शाखाको ध्यान नगएको प्रति मानव अधिकार संरक्षण सञ्जाल रामेछापको गम्भीर ध्यानाकर्षण भएको छ । विद्युत् आपूर्तिमा समस्या आउँदा विद्युतीय सेवाका अधिकाँश काम अवरुद्ध हुने अवस्था छ । बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण बिग्रिएर सर्वसाधारणको ठुला क्षति भएको छ । त्यस्तै  होटेल, उद्योग, व्यवसाय समेत लगातार विद्युत् आपूर्ति नहुँदा समस्यामा परेका छन् । सेवाग्राहीले सेवा प्रदायक निकायमा सेवा लिन पर्खनु पर्ने अवस्था सिर्जना भएको छ । यस अघि पनि  यस विषयमा सञ्जालले कार्यालयमा नै गएर ध्यानाकर्षण गराएको थियो । त्यस्तै विभिन्न नागरिक संस्था तथा उपभोक्ताले समेत बारम्बार कार्यालयमा गएर धर्ना दिने सम्मका कार्य गरिरहेका छन् । तर सेवामा खासै सुधार आउन नसक्दा उपभोक्ताले हैरानी खेप्नु परेको छ । विद्युतमा आएको समस्या तत्काल समाधान गरी नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन मानव अधिकार संरक्षण सञ्जाल रामेछाप जोडदार माग गर्दछ ।पाण्डव प्रसाईँ संयोजक 

सम्बन्धित सामग्री

कालिका कन्स्ट्रक्सनको लापर्बाहीले धनगढीका व्यवसायी हैरान

धनगढी । सडक निर्माणमा कालिका कन्स्ट्रक्सनले लापर्बाही गरेपछि धनगढीका व्यवसायी हैरान भएका छन् । धनगढीमा चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले पसल अगाडि माटो थुपार्नुका साथै निर्माणको भइरहेको ढिलाइका कारण व्यवसायी हैरान भएका हुन् । सो सडकखण्डमा सवारी चलाउनसमेत मुस्किल भइरहेको यात्रुको गुनासो छ । धनगढीको मुख्य सडक निर्माणमा ढिलासुस्ती गरिरहेको […] The post कालिका कन्स्ट्रक्सनको लापर्बाहीले धनगढीका व्यवसायी हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रमेश सुवेदीलाई ‘मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन आएर हैरान’

काठमाडौं, ११ साउन । कोशी प्रदेश सभा सचिवालयले प्रदेशसभा सदस्य हिक्मत कार्कीको नम्बर गलत राखेको कारण तेह्रथुमका रमेश सुवेदीले हैरानी खेप्नु परेको छ । आफूलाई दिनको २०/३० ले मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन गरेर हैरान पारेको उनले बताए । ‘दिनमा मलाई २०/३० वटा फोन आउँछ । हैरान भइसक्यो । कति जानलाई जवाफ दिनु ? मेरो स्थायी […]

बेरोजगार डाक्टरसँग हैरान स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं : डाक्टरहरूका कारण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ हैरान भएका छन्। काठमाडौं बाहिर नजाने अड्डी लिएर बसेका बेरोजगार डाक्टरहरू दिनहुँ मन्त्रालयमा आउने गरेको मन्त्री खापुङले बताए।नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री खापुङले देशका कैयौं अस्पतालमा डाक्टर अभाव रहे पनि काठमाडौं बाहिर जान नमान्दा बेरोजगार बस्नु परेको सुनाएका हुन्।उनले अस्पतालहरूमा डाक्टरको अभाव रहे पनि धेरै डाक्टर बेरोजगार हुँदा पनि राजधानी काठमाडौंबाहिर जान नचाह

बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताए । “बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने पनि भोल्टेज हुँदैन”, उनले भने, “महँगी बढेको बढ्यै छ, आम्दानी नभएपछि बिहान बेलुका छाक टार्न समस्या भइसक्यो ।” अटो रिक्सा च

बिमला वलीका कारण शंकर पोखरेल हैरान

बुटवल, ३० भाद्र । लुम्बिनी प्रदेशकी सांसद बिमला वली फेरि चर्चामा आएकी छिन् । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्न निर्णायक भूमिका खेलेकी वलीले आफूमाथि अपहरणको आरोप लगाएकी थिइन् । उनी यही विषयमा आज प्रहरीसम्म पुगेकी छिन् । पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध वलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किटानी जाहेरी दिएकी छिन् । घटना दाङको […]

वन्यजन्तुका कारण काभ्रेका किसान हैरान, बाली जोगाइदिन माग

काभ्रे जिल्लाका किसानहरूलाई वन्यजन्तुले हैरान बनाएको छ। जिल्लाका कृषकहरूलाई बँदेल, बाँदर, दुम्सीलगायतका वन्यजन्तु दुःख दिईरहेका छन्। बाली जोगाउन कृषकहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। जिल्लाको नमोबुद्ध नगरपालिका–८ का होमबहादुर तुम्सिङ मगरले...

विद्युतभार कटौतीले उपभोक्ता हैरान

अघोषितरूपमा हुने विद्युतभार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन्। विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन्। लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ।

दोस्रो लकडाउनबाट हैरान भएर मोडलले रोजिन् आत्महत्या

कोरोनाका कारण गरिएको लकडाउनबाट हैरान भएर एक मोडलले आत्महत्या रोजेकी छन् । उनले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी हुन् । घटना भारतस्थित युपीको गौतमबुद्ध नगरको हो ।  दिल्लीको मयुर विहार निवासी मोडल प्रिया अर्थात भावना पछिल्लो केही दिनदेखि आफ्नो ठूली बहिनी प्रियंकासँग रहँदै आएकी थिइन् । कोरोना कालमा उनले मुम्बईमा मोडलिङ समेत गरेकी थिइन् । तर कोरोनाको कारण लागेको दोस्रो लकडाउनले उनी आफ्नो करियरका लागि चिन्तित थिइन् । घरमा बेरोजार बसेको चिन्ताले उनले सोमबार राती साढे आठ बजे नजिकको सो

पाकिस्तानमा विमानभित्र एक जोडीले गरेको हर्कतका कारण यात्रुहरू हैरान, उजुरी दायर

पाकिस्तानको कराचीबाट इस्लामाबादका लागि उडेको पीए २०० उडानमा एक जोडीले हर्कत गरेर अन्य यात्रुहरूलाई हैरान गरे अनि कर्मचारीहरूले पनि त्यस जोडीलाई साथ दिएका छन् ।  उडानकै क्रममा जोडीले एकअर्कालाई चुम्बन गरिरहे । यात्रीहरूले गुनासो गरेपछि विमान परिचारिकाले उनीहरूलाई रोक्न कोशिश गरिन् । नमानेपछि उनले  कम्बल ल्याएर जोडीलाई ओढ्न दिइन् । उनीहरूले कम्बलभित्रै आफ्नो हर्कत जारी राखे ।  घटना गत साता बिहीवार भएको हो ।  विमानमा यात्रा गरिरहेका वकिल बिलाल फारूक अल्वीले विमान कर्मचारीहरूविरुद्ध नागरिक उड्ड...

शारीरिक सम्पर्कपछि प्रेमिकाको अनौठो बानीले प्रेमी हैरान, विज्ञसँग मागे राय

प्रेम सम्बन्धका क्रममा प्रेमीप्रेमिकाबीच कहिलेकाहीँ समस्या आउने गर्छ । तर सबैतिरबाट ठीक रहेकी प्रेमिकाको एउटा बानीका कारण प्रेमी हैरान हुने गरेका छन् । प्रेमीप्रेमिकाको पहिचान गोप्य राखेर भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित समाचार अनुसार पछिल्लो ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका जोडीमा एउटा समस्याले तनाव सिर्जना गरेको छ । प्रेमिका राम्री, होनहार र स्मार्ट हुँदाहुँदै पनि उनको एउटा बानी युवकलाई मन परेको छैन । जसले गर्दा उनी हैरान हुने गरेका छन् । ती युवकले सुझाव माग्दै लेखेका छन्, ‘मेरी प्रेमिकामा सबै राम्रा बानी ...