कांग्रेस नेतृ डिला संग्राैला भन्छिन् : देश राजनीतिक संकटमा फस्यो

दाङ : नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले अहिले मुलुक राजनीतिक संकटमा फसेको भन्दै कांग्रेसले संविधानको सर्वोच्चता सरंक्षणका लागि विरोध गर्दै आइरहेको बताएकी छन्। नेपाल प्रेस युनियन दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसले दुई चरणको विरोधसभाको आन्दोलन सकेर तेस्रो चरणमा गर्न लागेको बताइन्। नेपाल महिला संघकी पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेकी संग्रौलाले प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले  पु

सम्बन्धित सामग्री

बालुवाटारमा कलाकार : चुनाव सफल बनाउन भूमिका खेल्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका खेल्न कलाकारलाई आग्रह गरेका छन् । आइतबार बेलुका नेपाली फिल्म र संगीत क्षेत्रका दुई दर्जन कलाकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवा र पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले अन्तरक्रिया गरे । देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकसामु कलाकारको सम्पर्क हुने र त्यसतर्फ चुनाव सफल पार्नेतर्फ […]

मधेसबाट धेरै सीट जित्न नसकिए कांग्रेसको नेतृत्वमा सरकार बन्दैन : आरजू

जनकपुरधाम । नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणाले मधेश प्रदेशबाट धेरै सिट ल्याउन नसकिए कांग्रेस नेतृत्वमा सरकार नबन्ने बताएकी छन् । धनुषाको लक्ष्मीनियामा आयोजित कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा आज बोल्दै नेतृ राणाले मधेसबाट धेरै सिट जित्नुपर्ने बताइन् । उनले देश विकासका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिइन् । […]

स्थानीय तह निर्वाचन : यसकारण हुँदैन निर्दलीय निर्वाचन

काठमाडौं । स्थानीय तहको निर्वाचन हुँदासम्म बहसमा नआएको निर्दलीय निर्वाचनको चर्चाले मतगणना भइरहँदा व्यापकता पाइरहेको छ ।  खासगरी संघीय राजधानी काठमाडौंलगायत देशका कतिपय पालिकामा स्वतन्त्र उम्मेदवारले राम्रो मत प्राप्त गरेपछि र केही पालिकामा स्वतन्त्र उम्मेदवारले सफलता नै प्राप्त गरेपछि यस्तो चर्चा बढेको देखिन्छ ।  यद्यपि निर्दलीय निर्वाचनको आवश्यकता छ भन्ने धारणा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिकामा मतदान गरेलगत्तै राखेका थिए । त्यही धारणालाई लिएर अहिले चर्चा बढेको हो । काठमाडौं, धनगढी, धरान, जनकपुरलगायत ठाउँमा स्वतन्त्र उम्मेदवारले लिएको अग्रता ९यो आलेख तयार पार्दासम्म० ले त्यस्तो चर्चालाई सघाएको पाइन्छ । स्वतन्त्र उम्मेदवारको पक्षमा नाराबाजी भइरहँदा कतिपयले त्यसैलाई राजनीतिक दलको विकल्प ठानेका छन् ।    दलको विकल्प दल नै हुन्  स्वतन्त्र उम्मेदवारले लिइरहेको अग्रताले कतिपयलाई निर्दलीय निर्वाचनको सोच आएको हुन सक्छ, जुन प्रजातान्त्रिक शासन पद्धति अंगालेको मुलुकमा सम्भव हुँदैन । उनीहरूले स्वतन्त्र उम्मेदवार अगाडि आउनु पनि निर्वाचनले गर्दा नै सम्भव भएको हो भन्ने बिर्सेका छन् । निर्दलीय निर्वाचन हुने व्यवस्थाले प्रजातान्त्रिक व्यवस्थाप्रति नै प्रश्न उठ्छ ।  आज स्थानीय तहमा निर्दलीय निर्वाचनको कुरा उठाउनेले भोलि प्रदेश र त्यसपछि संघीय निर्वाचन पनि त्यसरी नै हुनुपर्छ भन्ने माग राख्छन् । त्यस्तै हुँदै जाने हो भने वर्षौंको संघर्षबाट प्राप्त बहुदलीय व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठ्न सक्छ । जुन देशमा बहुदलीय शासन पद्धति हुँदैन, त्यहाँ प्रतिस्पर्धाको अभाव हुन्छ । प्रतिस्पर्धामा बन्देज लाग्दा अन्ततः निरंकुशतालाई सघाउ पुग्छ । संसारभरिका उदाहरण हेर्ने हो भने निरंकुश शासकमध्ये निकै थोरैले मात्र देश र जनताको हितमा काम गरेका छन् ।  अधिकांशले देश र जनतामाथि शोषण गरेका उदाहरण छन् । केही विकसित भनेर चिनिएका मुलुकमा निर्दलीय अभ्यास भएको पनि पाइन्छ तर ती मुलुकको परिवेश, संस्कार र संविधान त्यस्तै खाले छ । नेपालको संविधानले निर्दलीय निर्वाचनबारे सोचेकोसम्म छैन ।  दलहरू सुध्रिन आवश्यक   अहिले केही स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षण बढ्नुको कारण बहुदलीय व्यवस्थाप्रतिको असन्तुष्टिभन्दा पनि राजनीतिक दलहरूको व्यवहार हो । उदाहरणको रूपमा काठमाडौं महानगरमा दुई उम्मेदवार सिर्जना सिंह र केशव स्थापितलाई लिन सकिन्छ । सिंह नेपाली कांग्रेसका नेता प्रकाशमानकी पत्नी हुन् भने स्थापित दुईपटक ९एकपटक नेकपा एमाले र अर्कोपटक तत्कालीन राजाबाट मनोनित० महानगरको मेयर र प्रदेशका मन्त्री भइसकेका व्यक्ति हुन् । कांग्रेसले सिंह र एमालेले स्थापितको साटो अन्य व्यक्तिलाई उम्मेदवार बनाएको भए अवस्था अर्कै हुन सक्थ्यो ।  मतदातालाई के थाहा छ भने दुवै उम्मेदवार यसअघि नै राज्यबाट लाभ लिएका ‘टेस्टेड’ हुन्, उनीहरूसँग नयाँपन छैन । कांग्रेस र एमालेले उम्मेदवार चयन गर्ने बेला पनि व्यापक छलफल गरेनन् । नेतृत्वले मनलाग्दी तरिकाले छान्दा मतदाताको उनीहरूप्रति धेरै लगाव नभएको हो । उम्मेदवार छान्न क्रममा नयाँ पुस्ताको कुरा बुझ्ने प्रयास पनि भएन । यहाँनेर उम्मेदवार हुनलाई युवा नै हुनुपर्छ भन्न खोजिएको होइन, कम से कम उम्मेदवार चयन गर्दा मतदाता के चाहन्छन् भन्नेबारे छलफल गरेको भए मतदाता असन्तुष्ट हुने थिएनन् ।   दलका नेताले जहाँ भन्यो त्यहीँ मतदान गर्न पनि मतदाता तयार छैनन् भन्ने सन्देश यो चुनावले दिएको छ । निर्वाचनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताए । कांग्रेस नेतृ आरजु राणा देउवाले आफ्नो दलले चुनाव नजिते स्थानीय तहमा बजेट नै नदिने धम्की दिइन् । यस्तो भाषणपछि कांग्रेसले उनकै वडामा जित्न सकेन । अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवेन्द्र पौडेललगायत नेताको कार्यशैली पनि उस्तै देखियो । नेताले बोलेका सबै कुरा स्वीकार्य छैन भनेर नै शीर्ष नेताको वडामै दलका उम्मेदवारलाई मतदाताले पराजित गरिदिएका हुन् । युवाले निर्दलीय निर्वाचनको माग कतै गरेका छैनन् । उनीहरूको माग भनेको निर्वाचनको खर्च कम गर्नेदेखि भ्रष्टाचार अन्त्य र नयाँ काम गर्नुपर्छ भन्ने हो । राजनीतिक दलका नेता जतिसुकै खराब भए पनि प्रजातन्त्रमा दल अपरिहार्य छन् । नेता खराब भए भने उनीहरूलाई फेर्न हरेक पाँच वर्षमा निर्वाचन हुन्छ । त्यो निर्वाचनबाट खराब नेता र नेतृत्वलाई पाखा लगाएर असल नेता र नेतृत्व छान्न सकिन्छ । निर्दलीय निर्वाचन प्रणाली देशका लागि घातक हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

आयोगले सोध्यो प्रचण्ड र आरजू राणालाई २४ घण्टे स्पष्टीकरण

काठमाण्डाै – निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजू राणालाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस (बीपी)ले मतदातालाई धम्क्याएको भन्दै प्रचण्डविरुद्ध हिजो उजुरी दिएको हो । आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा गएको २३ गते चितवनमा भएको सभामा आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनामा जान्छ भन्नुको मनसाय के हो ? यो अभिव्यक्ति प्रचलित निर्वाचन कानून विपरीत छ, छैन ? पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र जवाफ पेश गर्न भनेको छ ।  त्यस्तै निर्वाचन आयो...

नेपालमा मात्रै ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित – प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटामात्रै देश भएको बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार कांग्रेस नेतृ एवं संघीय सांसद डा डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ पुस्तकको विमोचन गर्दै उनले नेपालले महिलामात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी […]

महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुने देश नेपाल मात्रै हो : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको दाबी गरेका छन्।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’को विमोचन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैलाई समावेशी र समानुपातिक ढंगले राज्य र राजनीतिक दलका हरेक तहमा प्रतिनिधित्व गराएको दावी समेत गरे।प्