नेपालमा मात्रै ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित – प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटामात्रै देश भएको बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार कांग्रेस नेतृ एवं संघीय सांसद डा डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ पुस्तकको विमोचन गर्दै उनले नेपालले महिलामात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी […]

सम्बन्धित सामग्री

बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न प्रधानमन्त्री देउवा सकारात्मक

११ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न सकारात्मक देखिएका छन् । नेपाली कांग्रेसमा महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । भेटमा […]

महिला उम्मेदवारलाई हराउँदा नराम्रो सन्देश जान्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताएका छन् । काठमाडौँमा आज (शुक्रबार) पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताएका हुन् । बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष ? आमाबाबुले बिहे गरिदिए बिचरीले के गरुन्,’ देउवाले भने, ‘राजधानीको उम्मेदवार महिला […]

महिला प्रहरीको हत्याका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

मोरङ- प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ नगरपालिकामा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्। लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपमा हिजो एक […]

महिला प्रहरीको हत्याका दोषीमाथि कडा कारबाही हुन्छ – प्रधानमन्त्री देउवा

मोरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ नगरपालिकामा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाको कार्यक्रममा सरिक भएका प्रधानमन्त्री देउवाले महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्। आइतबार नगरपालिकाको खेरुवामा अवस्थित विद्यालयमा हिंसा भड्किँदा सुरक्षाका लागि पुगेका प्रहरीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो। सो क्रममा धारिलो हतियार […]

प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे

वीरगन्ज । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर बहादुर देउवा वीरगन्ज आइपुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन र महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न यहाँ आइपुगेका हुन् । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । घरेलु तथा साना उद्योग महासंघको २५ […] The post प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवा वीरगञ्जमा

पर्सा: प्रधानमन्त्री शेरबहादुर देउवा वीरगञ्ज पुगेका छन्।   नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगञ्ज आइपुगेका हुन्। यहि अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्ला कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोह आयोजना गरेको छ।  प्रधानमन्त्री देउवाले यो कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई पहिले सम्बोधन गर्नेछन्।

महिला अधिकार र सशक्तीकरणका लागि सबै जुटौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । एक सय बाहैं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उनले महिलाविरुद्ध हुने सबैखाले भेदभाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न आग्रह गरे ।    प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण   सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहल गर्न आवश

‘महिला सशक्तिकरण’ सबैको साझा विषय : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको हो । संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणको सङ्कल्प गरेको भन्दै उहाँले महिलालाई समान वंशीय हक, पैत...

महिलाअधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुन आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभुत गरेका महिलाअधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताएका छन्। ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। संविधानले महिलामाथि...

महिला सशक्तीकरण साझा दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् । नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन् । यसका लागि राज्यका तीन तहकै सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको भनाइ छ । महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा […]