नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो ।यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यही वैशाख २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले जानकारी दिएका छ । १६ औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन्