काठमाडौं । बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ.सी. चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ । प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ.सी. चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफ.सी. चितवनलाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।भरत खवास मार्कि प्लेयर रहेका एफ.सी. चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, इजिप्सियन खेलाडीद्वय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।मेघराज केसीको प्रशिक्षणमा र