यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनका क्रममा नेपाली काँग्रेस कैलालीमा विवाद बढेको छ । प्रदेश र जिल्लाले अलग-अलग व्यक्तिलाई टिकट दिएपछि कैलालीका दुई पालिकामा एउटै पदमा काँग्रेसबाट दुई/दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।जिल्लामा सत्ता गठबन्धनका तीन दल (काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) बीच पालिकामा भागबण्डा भएपछि काँग्रेसले आफ्नो भागमा परेका सिटमा सोमबार बिहानमात्रै उम्मेदवारीको टुङ्गो लगाएको थियो । यस क्रममा काँग्रेस प्रदेश संसदीय बोर्डले घोड