प्रधानमन्त्री ओलीको ‘म त भाग्यमानी’ शिशिर योगीको स्वरमा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘म त भाग्यमानी’ यूट्युबमा सार्वजनिक भएको छ । ‘छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी’ बोलको यो गीतमा शिशिर योगीले स्वर र संगीत दिनुभएको छ । भिडिओको सुरुवातमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ । गीतमा गायक एवम् संगितकार योगीले नै अभिनय गर्नुभएको छ । अन्य कलाकार गीतमा प्रयोग गरिएको छैन । आठ मिनेटभन्दा लामो भिडिओलाई वीरेन्द्र भाटले निर्देशन गर्नुभएको हो ।