आइसिसीका लागि सन्दीपको केस पहिलो, टिममा समावेश गर्नका लागि माग्यो पूर्ण विवरण

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली टिममा सहभागिता गराउनका लागि क्यानले निरन्तर प्रयास गरिरहेको म्यानेजर विनोद दासले जानकारी दिएका छन्। अदालतले विदेश गएर खेल्न अनुमति दिएलगत्तै क्यानले आइसिसीलाई इमेल लेख्दै सन्दीपलाई टिममा सहभागी गराइदिन आग्रह गरेको थियो। क्यानको इमेलको जवाफमा आइसिसीले सन्दीपलाई टिममा समावेश गराउनु पर्ने कारण पूर्ण रूपमा माग गरेको […]

सम्बन्धित सामग्री

संसदीय समितिले सरकारसँग माग्यो सन्धि सम्झौताको पूर्ण विवरण

२५ पुस, काठमाडौं । संसदको कानुन न्याय तथा मानव अधिकार समितिले  सन्धि ऐनले किटान गरेअनुसारका नेपाल पक्ष राष्ट्र पक्ष भई गरेका सन्धि सम्झौताहरुको सम्पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । यसको समय अवधि भने …

राष्ट्र बैंकले माग्यो मुद्दती निक्षेपमा ब्याजदरको विवरण

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग संस्थागत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदरको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बुधबार बैंकहरूलाई पत्राचार गर्दै तीन दिनभित्र तोकिएको विवरण पठाउन भनेको स्रोतले बताएको छ ।

समितिसँग अर्थले माग्यो कोरोना बिमाको विवरण

कोरोना बिमामा सरकारले तिर्नुपर्ने रकमको स्रोत खोज्न समिति गठन भएसँगै काममा सक्रियता देखिएको छ । कोरोना बिमा सम्बन्धमा पछिल्लो अवस्थाबारे पूर्ण विवरण पठाउन अर्थ मन्त्रालयले बिमा समितिलाई पत्र पठाएको छ । पत्रमा कोरोना बिमामा हालसम्मका हरेक बिमा कम्पनीअनुसार बिमित संख्या, हालसम्म भुक्तानी भइसकेका र भुक्तानी हुन बाँकी रकम र संख्या पठाउन भनिएको छ ।

मलेसिया पठाइएका कामदारको विवरण म्यानपावरसँग माग्यो विभागले

वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीसँग मलेसिया पठाइएका कामदारको पूर्ण विवरण मागेको छ । नेपाल र मलेसियाबीच दुईपक्षीय श्रम सम्झौता भएको मितिदेखि मलेसिया पठाइएका श्रमिकहरूको रोजगारदातासहितको विवरण विभागले माग गरेको हो । नेपाल...

राष्ट्र बैंकले बैंकहरुसँग माग्यो ७ लाख भन्दा बढी नगदमा भएका कारोबारको विवरण

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो । विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका रु सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलव्ध गराउन निर्देशन दिइएको छ ।बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सम्बोधन गरि पठाईएको पत्रमा भनिएको छ 'यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाईले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाको विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ। सोही सन्दर्भमा त्यस बैंकबाट मिति २०७८ श्रावण १ देखि मिति २०७८ पुष ३० गतेसम्ममा प्रति कारोबार रु. ७,००,००० वा सो भन्दा बढी नगदमा भएका कारोबारहरुको विवरण देहाय बमोजिमको ढाँचामा यस विभागको ईमेल bsuml@nrb.org.np मा मिति २०७८/१०/२४ भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ। ''

राष्ट्र बैंकले माग्यो ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण

नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो ।

राधीको शेयरमा इन्साइडर ट्रेडिङको आशंका, नेप्सेले माग्यो विवरण

राधी विद्युत कम्पनीको शेयरमा इन्साइडर ट्रेडिङको आशंकामा नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप विवरण मागेको छ । नेप्सेले कम्पनीसँग यस अघि विवरण माग गरेको भएपनि पूर्ण विवरण नपठाएकोले नेप्सेले ३ दिन भित्र थप विवरण पठाउन निर्देशन दिएको हो । नेप्सेले राधी विद्युत कम्पनीमा लगानी रहेको खारे इन्भेष्टमेन्टको प्रबन्धपत्र, नियमावली, र सम्पूर्ण संचालकको विवरण र उनीहरुले गरेको लगानीको विवरण माग गरेको हो । नेप्सेले यी विवरण ३ दिन भित्र पठाउन कम्पनीलाई निर्देशन दिएको छ ।  ३ दिनभित्र विवरण नदिएमा प्रचलित कानुन बमोजिम कारवाही हुने नेप्सेले चेतावनी दिएको छ ।

पराजुलीविरुद्धका मुद्दा विवरण इजलासले माग्यो

सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अवहेलना मुद्दा दरपीठविरुद्ध दर्ता गरिएको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले पराजुलीविरुद्ध दर्ता हुन लगिएको मुद्दाको पूर्ण विवरण पेश गर्न सर्वोच्च प्रशासनलाई आदेश गरेको हो ।

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

काठमाडौं उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापनसँग सम्पूर्ण हिसाबकिताब मागेको छ ।