राष्ट्र बैंकले माग्यो मुद्दती निक्षेपमा ब्याजदरको विवरण
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग संस्थागत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदरको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बुधबार बैंकहरूलाई पत्राचार गर्दै तीन दिनभित्र तोकिएको विवरण पठाउन भनेको स्रोतले बताएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको चार अर्ब ३७ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको चार अर्ब चार करोड ७९ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती […]
२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्नु परेको राष्ट्र बैंकले जनाएको …
६ असोज, काठमाडौं । निक्षेपमा बढेको ब्याजदर वृद्धिलाई लिएर अर्थमन्त्री र राष्ट्र बैंकबीच पुनः द्वन्द्व बढ्ने देखिएको छ । राष्ट्र बैंकले ब्याजदर बढाउन जोडबल गरिरहेका बेला सरकार ब्याजदर बढाउन नहुने पक्षमा उभिएको छ । राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत गरेको प्रोत्साहनपछि १ असोजदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर बढेको एक […]
२८ भदौ, काठमाडौं । बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि राष्ट्र बैंकले अनुगमन सुरु गरेको छ । निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १८ भदौमा आयोजना गरेको एक कार्यक्रममा पनि डेपुटी गभर्नर मिश्रले प्रकाशित ब्याजदरमा तलमाथि […]
काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६५ करोड रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ । कर्मचारी सुरक्षण कोष÷पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा निक्षेपको रूपमा लगानी गर्न लागिएको राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागद्वारा बुधवार जारी सूचनामा उल्लेख छ ।
निक्षेपका रूपमा लगानी गर्न लागिएको कुल रकममध्ये वाणिज्य बैंकका लागि २ अर्ब १२ करोड, विकास बैंकका लागि ३९ करोड ७५ लाख र वित्त कम्पनीका लागि १३ करोड २५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।
केन्द्रीय बैंकले आगामी असोज १ गतेदेखि लागू हुनेगरी १ वर्ष (३६५ दिन) अवधिका लागि सो रकम निक्षेपमा राख्न लागेको हो । यसका लागि योग्य बैंक तथा वित्तीय संस्थाले आफूले निक्षेपको रूपमा स्वीकार्न चाहेको रकम उल्लेख गरी शुक्रवार (भदौ २५) सम्म अनलाइमार्फत आवेदन दिन सक्ने बैंकले बताएको छ ।