राधी विद्युत कम्पनीको शेयरमा इन्साइडर ट्रेडिङको आशंकामा नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप विवरण मागेको छ । नेप्सेले कम्पनीसँग यस अघि विवरण माग गरेको भएपनि पूर्ण विवरण नपठाएकोले नेप्सेले ३ दिन भित्र थप विवरण पठाउन निर्देशन दिएको हो । नेप्सेले राधी विद्युत कम्पनीमा लगानी रहेको खारे इन्भेष्टमेन्टको प्रबन्धपत्र, नियमावली, र सम्पूर्ण संचालकको विवरण र उनीहरुले गरेको लगानीको विवरण माग गरेको हो । नेप्सेले यी विवरण ३ दिन भित्र पठाउन कम्पनीलाई निर्देशन दिएको छ । ३ दिनभित्र विवरण नदिएमा प्रचलित कानुन बमोजिम कारवाही हुने नेप्सेले चेतावनी दिएको छ ।