बजार बढ्दा सबै समूहमा उत्साह

काठमाडौं। आज सेयर बजारमा कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ। सेयर बजार परिसूचक ७९ अंकले बढेको दिन १३ वटै समूह बढेका हुन्। सबैभन्दा बढी जीवन बीमा समूह ३८७ अंक र निर्जीवन बीमा समूह३७५ अंकले बढेका छन्। यसैगरी विकास बैंक समूह२५१, उत्पादनमूलक समूह १६२ अंकले बढेको छ। आज सबैभन्दा कम म्यूचुल फण्ड समूह ०.२१ अंकले बढेको छ।

सम्बन्धित सामग्री

विकास बैंक र माइक्रोफाइनान्समा उत्साह, नेप्से २१५२ अंकमा

२५ असार, काठमाडौं । मंगलबार सेयर बजारमा विकास बैंक र माइक्रोफाइनान्स समूहमा आकर्षण देखिएको छ । समग्र नेप्से परिसूचक १५.७९ अंक (०.७३ प्रतिशत) बढ्दा विकास बैंक समूहको सूचक २.४ प्रतिशत र माइक्रोफाइनान्स समूहको सूचक ३.० …

घट्यो नेप्से, शेयर धितो कर्जाको सीमा बढ्दा पनि रोकिएन

पूँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्ले घटेको छ ।

शेयर धितो कर्जाको सीमा बढ्दा पनि घट्यो नेप्से परिसूचक

शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्कले घटेको छ ।

भैरहवामा नेपाली उपभोक्ताको चहलपहल बढ्दा भारतको सुनौलीका पसल विस्थापित

काठमाडौँ- कोभिड महामारीको नकारात्मक पक्ष धेरै रहे पनि यसले केही क्षेत्रहरूमा सकारात्मक छाप छोडेको छ । बन्दाबन्दीले सीमा क्षेत्रमा कारोबार गर्ने नेपाली व्यवसायीहरुमा केही उत्साह जगाएको छ । सा–सानो सामग्रीका लागि पनि भारतीय बजारमा भर परेका नेपाली उपभोक्ताहरु बन्दाबन्दीका कारण नेपालमै सामान खरिद गर्न अभ्यस्त हुन थालेका छन् । यस अघिका दशैँ तिहारलगायतको नेपालीहरुको ठूलो […]

२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

२ फागुन, काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम ३ अर्ब […]

पूँजीबजारमा उत्साह : स्थानीय निर्वाचनले तरलता सहज बनाउने विश्वास

काठमाडौं । सत्तारूढ गठबन्धनले निर्वाचनमा जाने सहमति गरेसँगै पूँजीबजारमा आइतवार उत्साह देखिएको छ । गत साता १५१ दशमलव ३६ अंकले घटेको बजार यो साता पहिलो कारोबार दिनमै १०५ दशमलव ५५ अंकले बढ्यो । यस दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ । आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ दल सहमत भएको सूचना आएसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेको बताए । यसअघिका वर्षहरूमा पनि निर्वाचनको समयमा बजारले राम्रै गति लिएकाले यस वर्ष पनि सोही गतिलाई पच्छ्याउने विश्वास फुल्लेलको छ । बजार निरन्तर घट्दा सस्तोमा शेयर उठाउन सक्रिय हुने लगानीकर्ताको स्वभावले पनि आइतवारको बजार सकारात्मक बनेको फुल्लेलको बुझाइ छ । आगामी चुनावले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता भित्रिने विश्वास लगानीकर्तामा देखिएको फुल्लेलले बताए । आइतवार अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा कारोबार रकम पनि बढेको छ । गत बिहीवार रू. ३ अर्ब ३४ करोड ३४ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो । आइतवार भने रू. ६ अर्ब ३२ करोड ४२ लाख बराबरको शेयर खरीद विक्री भएको छ । कुल कारोबार रकममा अपि पावरको सर्वाधिक अंश रहेको छ । अपि पावरको यस दिन रू. २६ करोड १५ लाख १६ हजार बराबरको शेयर खरीद विक्री भयो । बजार उच्च अंकले बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि एकै दिन रू. १ खर्ब ४९ अर्ब १६ करोडले बढेको छ । गत बिहीवार रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण आइतवार रू. ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख पुगेको छ । आइतवार सबै समूहगत परिसूचकहरू बढेका छन् । यस दिन विकास बैंक र लगानी समूहका लगानीकर्ताले सर्वाधिक कमाएका हुन् । विकास बैंकको समूहगत परिसूचक यो दिन सर्वाधिक ६ दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक सर्वाधिक दोस्रोमा ६ दशमलव ३५ प्रतिशत बढेको छ ।

असहजतामा ऐन कार्यान्वयन: खेलकुदमन्त्री

‘सुरुआतमा ऐन कार्यान्वयनतर्फ अघि बढ्दा धेरै पक्षले असहज परिस्थितिको महसुस गरेका थिए, जब यसको कार्यान्वयन हुन थाल्यो त्यसपछि भने सबैमा छुट्टै किसिमको उत्साह सिर्जना भएको छ।’