चितवन : नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताए। कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्ने नेता रिजालले बताए। उनले भने , “कांग्रेसको पूर्ण समर्थन सरकारलाई छ, त्यो मूल्य र मान्यताभन्दा बाहिर जाने हो भने कांग्रेसको जुन नेतालाई फकाए पनि गठबन्धन टिक्दैन