रसुवाको धुञ्चे क्षेत्रमा भालुको त्रास

रसुवा : उच्च भागमा चिसो बढ्दै गएकाले तातो खोज्दै हिँड्ने भालुका कारण जिल्लाको धुञ्चेक्षेत्रमा जोखिम बढेको छ। भालु मानव बस्तीको नजिक आएर हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएको छ। बंगुरको पाठालाई समेत भालुले आक्रमण गर्ने गरेपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन्।         केही समयअघि धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द

सम्बन्धित सामग्री

भालुको आक्रमणबाट एक जनाको मृत्यु

सोलुखुम्बु- सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भालुको आक्रमणबाट महाकुलुङ गाउँपालिका २ पेल्माङका ५६ वर्षीय जसधन राईको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा राईलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट सख्त घाइते भएका राईको महाकुलुङ प्राथमिक […]

भालुको आक्रमणबाट ताप्लेजुङमा एकजना गम्भीर घाइते

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। जंगली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार...

भालुको आक्रमणबाट एक घाइते

२१ असार, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन्  । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए । उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप […]

भालुको आक्रमणबाट संखुवासभामा एकजना घाइते

संखुवासभाको भोटखोला गाउँपालिकामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। भोटखोला–२ गुठिगुम्बाका योङजुङ भोटे भालुको आक्रमणबाट घाइते भएका हुन्।   आज बिहान गाउँ नजिकैको जंगलमा भोटेलाई भालुले आक्रमण गरेको हो। हिजो शनिबार साँझबाट...

संखुवासभामा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।आइतबार बिहान करिब ८ बजे भालुको आक्रमणमा परेर भोटखोला –२ गुठीगुम्बाकी ५२ वर्षीया थोङ्जुङ भोटे गम्भीर घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।घरनजिकै गोरु खोज्न जाने क्रममा भालुले आक्रमण गरेर घाइते बनाएको गाउँपालिका अध्यक्ष भोटेले बताए। भालुको आक्रमणबाट उनको अनुहार, टाउको र हातमा गहिरो चोट लागेको छ। भालुको आक्रमणबाट घाइते भएकी भोटेको भोटखोलाकै स्थानीय प्राथमिक स्वास्

भालुको आक्रमणबाट हुम्लामा एक जना घाइते

सिमकोट– भालुको आक्रमणमा परी हुम्लामा एक जना घाइते भएका छन्। नाम्खा गाउँपालका–४ याल्वाङमा मंगलबार दिउँसो भालुको आक्रमणमा परेर स्थानीय ४८ वर्षीय कुन्जेन लामा घाइते भएका हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए। उनी घरबाट घट्ट जाने क्रममा जंगलको बाटोमा भालुले आक्रमण गरेको थियो। उनको कान र हातमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक […]

भालुको आक्रमणमा परी हुम्लामा एकजना घाइते

घट्ट पिस्न जाने क्रममा भालुको आक्रमणमा परी हुम्लाको नाम्खा गाउँपालिकामा एकजना घाइते भएका छन्। भालुको आक्रमणबाट नाम्खा गाउँपालिका–४ का करिब ४८ वर्षीय कुन्जेन लामा घाइते भएका हुन्। याल्वाङमा घट्ट पिस्न जाने...

नेपालभित्रै भालुको पित्तको तस्करी र बेचबिखन: केमा प्रयोग हुन्छ भालुको पित्त?

भालुको पित्तसहित पक्राउ परेका बेँसीशहर नगरपालिका वडा नं १० का २७ वर्षीय दिनेश गुरुङलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गए राति उनी बेँसीशहर नगरपालिकाको वडा नं ८ स्थित भिमसेनस्थानबाट पक्राउ परेका थिए । गत भदौमा पनि जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले ढोरपाटन नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय चित्रबहादुर शेरपुर्जालाई भालुको पित्त […]

भालुको पित्तसहित एक पक्राउ

त्रिलोचन रिजालबागलुङ -शिकार खेल्न प्रतिबन्धित दुर्लभ जंगली जनावर भालुको पित्तसहित यहाँका एक जना पक्राउ परेका छन् । प्रहरीले ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदी बस्ने ४२ वर्षीय चित्रबहादुर सेरवुर्जा प्रतिबन्धित भालुको पित्तसहित पक्राउ गरेको हो ।सेरवुर्जाले भालुको पित्तको कारोबार गर्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । पक्राउ पर्ने […]

भालुको पित्तसहित एकजना पक्राउ

१० भदौ, बागलुङ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुन रहेका छन् । उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको […]