काठमाडौं : मुस्ताङमा आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय आयोग गठन गरेको छ।उड्ड्यन मन्त्रालयका वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनलाई अध्यक्ष तोकिएको छ। आयोगका सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको