म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा बिहीबार मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको छ । बेनी नगरपालिका–८ रहेको रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी फरार भएका चार जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका बालकहरु १० देखि १३ वर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं […]
सल्यान : सल्यान प्रहरीले गरगहना र नगद रकम चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। दाङ तुलसीपुर उपमहानगरपालिका–३ रक्षाचौरका २१ वर्षीय दीपेश डाँगीलाई चोरीको आरोपमा प्रहरीले सल्यान श्रीनगरबाट सोमबार साँझ पक्राउ गरेको हो।सल्यान शारदा नगरपालिका–३ खलंगा थापागाउँस्थित धनमाया श्रेष्ठको गरगहना र नगद चोरी भएको सूचना पाउनासाथ खोजबिन गर्ने क्रममा सल्यान श्रीनगरस्थित रुकुमचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।डाँगीका साथबाट सुनजस्तो देखिने
काठमाडौं : पोखरा महानगरपालिका-३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
एटीएमको २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-३० डुँडाको मुख बस्ने ‘भेडे’ भन्ने २१ वर्षीय अनिस तामाङलाई प्रहरीले पक्राउ…
पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नवलपरासी (पूर्व) देवचुली नगरपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।पोखरा महानगरपालिका–२७ ताल चोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्र
मोरङ। सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेका आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । एक थान मंगलसुत्र, एक […]
दाङ : प्रहरीले सुनचाँदीका गरगहना र नगदसहित चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ का १८ वर्षीय वसन्त खत्री र सोही ठाउँका २३ वर्षीय खेमराज चौधरी छन्। उनीहरूले राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङका गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती चार लाख ५२ हजार मूल्य बराबरका सुनचाँदीका गरगहना र नगद ३९ हजार ५०० चोरी गरेका थिए।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा एवं डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पाँच थान सुनको बाला, २ थान मंगलसुत्र, ४ थान सुन
दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक था
गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको
इटहरी / इटहरीमा दिउँसै घरको ताला फुटाएर लाखौको गरगहना र नगद चोरी गरी भाग्ने क्रममा एक जना पक्राउ परेका छन । इटहरी–२ भद्रटोल स्थित स्थानीय सावित्रा भण्डारीको घरमा बिहीबार दिउसो ताला फोडेर १२ तोलाको सुनको गरगहना ,तथा नगद चोरी गरी फरार हुन खोज्दा स्थानीयले नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका हुन् । घरका सबै सदस्य तेश्रो तल्लामा...
The post इटहरीमा १२ तोला सुन र नगद सहित १ पक्राउ appeared first on Purbeli News.