‘तँ ठूलो भाग खोज्न गएकी थिइस्, केटी लिएर हिँडेको थिइस्, तैंले आफ्नो बानी सच्याउन सकिनस् होइन ? तँ अब कपाल पाल्, साडी लगा, कुर्ता लगा, तैंले अब केटासँग बिहे गर्नुपर्छ । तँ अब यसरी हिँड्ने होइन, नत्र त तैैले दुःखै पाउने हो ।’कोभिड १९ को मार झेल्न नसकेर काठमाडौंबाट गाउँ फर्केका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आफ्नो घरमा यस्तै शब्दवाण सुन्नपर्छ । दूरदराजका इलाकामा मात्रै नभई शहरी भेगमा पनि आफ्नै बुवाले खान नदिएर ‘तँ छक्का, हिजडा, केटीसँग बस्ने’ भनेर द