पाँचदलीय सत्ता गठबन्धनले देशभर नै तालमेल गर्ने निर्णय गरेसँगै दबाबमा रहेको एमाले राप्रपा नेपाल र परिवार दललाई साथमा लिएर स्थानीय तह चुनावमा उत्रने भएको छ । बुधबार भएको सम्झौताअनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलका उम्मेदवार एमालेको चुनावचिह्न सूर्यबाट प्रतिस्पर्धा गर्नेछन् ।