काठमाण्डौका अरु चुनावी क्षेत्र जस्तै क्षेत्र नम्बर ९ पनि चर्चामा छ । केपी ओलीलाई फुटबलको पेलेसँग दाँजेर चर्चामा आएका पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ एमालेकातर्फबाट यस क्षेत्रको उम्मेदवार हुनुहुन्छ । निवर्तमान सांसदसमेत रहेका श्रेष्ठ यस पटक जित दोहोर्याउने दाउमा हुनुहुन्छ । तर, उहाँलाई चुनौती दिँदै सत्ता गठबन्धनकातर्फबाट नेकपा माओवादीले कल्पना धमलालाई उठाएको छ ।
२०७४ सालको संसदीय चुनावमा श्रेष्ठले २२ हजार ८ सय ५२ प्राप्त गरी विजयी हुँदा कांग्रेसका ध्यानगोविन्द रन्जितले १४ हजार ८ सय २ मत ल्याउनु भएको थियो । ८ हजारको ठूलो म...