६० वर्षपछि कार्यकारी पदमा बस्दिनँ, राजनीतिको परिभाषा बदल्छु : कल्पना धमला
काठमाडौं क्षेत्र नम्बर ९ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाको ६० वर्षपछि कार्यकारी पदमा नबस्ने प्रतिवद्धता गरेकी छन्।
राजधानीमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले निर्वाचित भएपछि...
काठमाडौं– काठमाडौं-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । त्यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।
१ मंसिर, काठमाडौं । काठमाडौं–९ का उम्मेदवार नेकपा एमालेका कृृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी कल्पना धमला र साझा पार्टीका उम्मेदवार मिलन पाण्डेलाई दिनहरु निकै छोटो लागिरहेको छ । किनकी निर्वाचन आयोगले तोकेको प्रचार गर्ने समय बिहीबार राति सकिँदैछ । धमलालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहित सत्तारुढ गठबन्धन दलको समर्थन छ भने श्रेष्ठसँग आफ्नै पार्टीको मजबुत […]
सचिना बानियाँ काठमाडौँ, २७ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ […]
काठमाडौं, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं ९ की उम्मेदवार कल्पना धमलाले गठबन्धन कसिलो भएकाले आफ्नो जितमा ढुक्क भएको बताएकी छन् । ‘देशभरि पाँच दलीय गठबन्धनको लहर आएको छ । गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ । काठमाडौं ९ मा सारा कांग्रेस जोडिएको छ । गठबन्धन कसिलो र सशक्त छ । विपक्षीले […]
धादिङको ज्यामरूङमा १० माघ २०३१ मा जन्मिएकी कल्पना धमलाको बाल्यकाल राजनीतिक परिवेशमै बित्यो । खहरेको अचने माविमा माध्यमिक शिक्षा पूरा गरेकी उनका केही शिक्षक र साथीहरू राजनीतिमा सक्रिय थिए । त्यसको प्रभाव उनमा नपर्ने कुरै भएन, जसले एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि पनि विद्यार्थी राजनीतिमा निरन्तरता पायो । २०५६ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को […]
सत्ता रुढ गठबन्धनमा सिट बांडफांट भएलगत्तै गठबन्धन दलले को कसलाई उमेद्बार बनाउन लागेका छन् भन्ने चासो बढेको छ । गठबन्धनको दल माओवादीले काठमाडौं उपत्यकाभित्रका काठमाडौं २ मा अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा पार्टी पोलिटव्युरो सदस्य रमेश मल्ल, काठमाडौं ७ मा डा. बाबुराम भट्टराई पुत्री मानुषी यमि भट्टराई र ९ नं. मा पूर्व मन्त्री कल्पना धमलालाई […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कल्पना धमला र देवेन्द्र पराजुली चयन भएका छन् ।माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पराजुली र धमलाको नाम बाचन गरेका हुन् । धमला र पराजुली श्रीमान श्रीमती हुन् ।
कोरोना महामारीले विज्ञान र प्रविधिलाई समेत हार खुवाउँदै सिंगो मानव जातिलाई नै त्राहिमाम् बनाइरहेको छ । विज्ञानका आविष्कारहरू निरीह भएका छन् । संक्रमणको फैलावटको तीव्रता रोक्न भीमकाय प्रविधिहरू असफलप्रायः भइरहेका छन् । यो वैश्विक आतंकबाट हामी नेपाली पनि प्रताडित भइरहेका छौं । न आँखाले देख्न सकिन्छ, न बारले छेक्न सकिन्छ, न त औषधि–उपचारले नै रोक्न सकिरहिएको छ !