काठमाडौं : चिकित्सक गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन्। मंगलबार निसीखोला आएका डा. केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन्। केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए। केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन्। डा. केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिए। डा. केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका