बजेट माग्दै कर्णालीको टोली काठमाडौं - Naya Patrika
कर्णाली प्रदेशको विकासका लागि बजेट माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्री र संसदीय दलका नेताहरू काठमाडौंमा छन् । उनीहरू एक सातादेखि प्रधानमन्त्री, मन्त्री, दलका नेता र सरकारी निकायका कार्यालय धाइरहेका छन् ।...पूरा पढ्नुहोस् »
गत आर्थिक वर्षमा काठमाडौं महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि कामपाले रु १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा रु सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ । बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । जनप्रतिनिधिले बनाएक
गत आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले ४४.२४ प्रतिशत बजेट खर्च गरेको छ। बुधबार महानगरको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो।
गत आर्थिक वर्षका लागि महानगरले रु १६ अर्ब...
११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पानी भण्डारण, पोखरी निर्माण र आकाशे पानी संकलनका लागि बजेट विनियोजन गरेको छ । महानगरले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन गरेको बजेट अनुसार आकाशे पानी संकलनका लागि २१ करोड रुपैयाँ छुट्याएको हो । यस्तै इनार र रिजर्भ बोरिङका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । ‘रेनवाटर हार्भेस्टिङ तथा […]
२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट […]
२० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो । काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले भने ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइएको थियो । आगामी आर्थिक वर्षको लागि ७० करोड […]
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी वर्षका लागि उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् ।महानगरले ६ वटा महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट प्रस्तुत गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०७८/७९ को लागि काठमाडौं महानगरपालिकाबाट कूल १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये २०७९ जेठ मसान्तसम्ममा चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, पूँ
देशकै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो । यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको
१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करो ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा पूर्वाधार तर्फ मात्रै ११ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । जुन ४९ दशमलव ५७ प्रतिशत रहेको छ । यस्तै कार्यालय खर्च करिब ५ अर्ब विनियोजन भएको छ।
काठमाडौं। काठमाडौं महानगरपालिकाले १९ अर्ब रुपैयाँको बजेट ल्याएको छ। महानगरले आज आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको हो। जसमा सबैभन्दा बढी उपत्यकाको पूर्वाधार विकासलाई १० अर्ब बजेट विनियोजन भएको छ। यसैगरी महानगरले प्रशासनिक खर्चका लागि ३ अर्ब ७५ करोड र सामाजिक विकासतर्फ २ अर्ब ७० करोड बजेट छुट्याएको छ।