कस्तो छ संघीय राजधानी काठमाडौं महानगरको बजेट ? (पूर्णपाठसहित)

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी वर्षका लागि उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् ।महानगरले ६ वटा महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट प्रस्तुत गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०७८/७९ को लागि काठमाडौं महानगरपालिकाबाट कूल १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये २०७९ जेठ मसान्तसम्ममा चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, पूँ