अवरुद्ध राष्ट्रिय प्रसारणलाइन सञ्चालनमा

जुम्ला– बाढी पहिरोले अवरुद्ध भएको राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युतसमेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ । बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन । तर, निरन्तरको कामले विद्युत […]

सम्बन्धित सामग्री

चीनसँग सिमाना जोडिएको भोटखोलामा विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडियो

किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् बालिएको हो । दुर्गम गाउँमा विद्युत् पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । योसँगै जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ । विद्युत् प्रसारण लाइन पुगेपछि भोटखोला–४ र ५ नम्बर वडाका करिब ७० घर लाभान्वित भएका नेपाल विद्युत् प्राधिकरण सङ्खुवासभाका प्रमुख सञ्जीव कर्णले बताए । गाउँपालिकाको केन्द्र गोला बजारमा अहिले ५० केभिएको ट्रान्सफर्मर राखेर बत्ती बाल्न सफल भएको उनको भनाइ थियो । निकै लामो सङ्घर्षपछि भोटखोलामा बिजुली बाल्न सफल भएको कर्णले बताए । उनका अनुसार सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण पुर्‍याउने लक्ष्यअनुसार भोटखोलामा राष्ट्रिय प्रसारणलाइन जोडिएको हो । जिल्लाको मकालु र सिलिचोङ गाउँपालिकाको केन्द्रसम्म विद्युतीकरण भए पनि वडा र गाउँस्तरसम्म भने विस्तार हुन बाँकी रहेको विद्युत् प्राधिकरणले जनाएको छ। खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी नगरपालिकाका साथै सभापोखरी र चिचिला गाउँपालिकामा राष्ट्रिय लाइनको विद्युतीकरण विस्तार भएको छ। सङ्खुवासभामा हाल विभिन्न आयोजनाबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडियो

चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा मंगलबारबाट राष्ट्रिय प्रसारणलाइनको बिजुली बत्ती बालिएको छ । १० स्थानीय तह रहेको संखुवासभामा अन्य स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन जोडिए पनि भोटखोला गाउँपालिमा जडान हुन सकेको...

अनिश्चित लोसेडिङको मारमा जुम्ला

कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठूलो सहर जुम्ला अझै अनिश्चित लोडसेडिङको मारमा पर्दै आएको छ । ११ केभीको राष्ट्रिय प्रसारणलाइन पुगे पनि जुम्लामा अनिश्चित लोडसेडिङ हुँदै आएको छ । राष्ट्रिय प्रसारणलाइन पुगेसँगै उत्साहित भएका उद्योगी व्यवसायी, इलेक्ट्रोनिक व्यवसायीलगायतका उपभोक्ता बत्तीको समस्या अन्त्य नभएपछि अहिले आक्रोसित छन् । जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको दुई वर्ष बढी […]

प्रसारणलाइन नहुँदा विद्युत उत्पादन हुन पाएन

लमजुङमा निर्माणाधीन राष्ट्रिय विद्युत प्रसारण लाइनको निर्माणकार्य ढिलाइ हुँदा निर्माण सम्पन्न जलविद्युत आयोजना प्रभावित भएका छन् । राष्ट्रिय प्रसारणलाइन नहुँदा उत्पादनका लागि तयार ३९ मेगावाट विद्युत उत्पादन हुन नपाएको हो ।जिल्लाको दोर्दी करिडोरमा मात्रै २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना र १२ मेगावाटको दोर्दी–१, जलविद्युत आयोजना दुई साताअघि नै निर्माण सम्पन्न भइसकेका छन् । सोही […]

मस्र्याङ्दी करिडोर २२० केभी विद्युत प्रसारणलाइन निर्माण रोक्न प्रभावितको माग

लमजुङ-लमजुङको मस्र्याङ्दी करिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणकार्य रोक्न प्रभावितले माग गरेका छन् । विद्युत प्रसारणलाइन निर्माण गरेको नेपाल विद्युत प्राधिकरणले प्रभावितहरूलाई धम्काएर काम अघि बढाएको भन्दै तत्काल काम रोक्न माग गरेका हुन् ।आयोजना प्रभावित क्षेत्र दोर्दी–१ र २ का स्थानीयले मंगलबार सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी आयोजनाले बल मिचाइ गरेको आरोप लगाएका हुन् […]

२२० केभी प्रसारणलाइन निर्माणमा अवरोध गर्ने चारजना प्रहरीको नियन्त्रणमा

लमजुङ प्रहरीले लमजुङमा निर्माणधिन २२० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले तार टाँगिरहेको समयमा डोरी काटेको र गाडी तोडफोड गरेपछि दोर्दी...

क्षमताभन्दा बढी विद्युत लाइन विस्तारले सेवाभन्दा सास्ती बढी

कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्ला जिल्लामा अझैसम्म विद्युतको राष्ट्रिय प्रसारणलाइन पुगेको छैन । राष्ट्रिय प्रसारण लाइनले छोएका सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालिकोट र जुम्लाका नागरिकले पनि सुविधाभन्दा बढी सास्ती खेप्नु परेको छ ।योजनाविनै राष्ट्रिय प्रसारणलाइन विस्तार गर्दा उपभोक्ताले सास्ती भोग्नु परेको हो । विद्युत लाइन छिनछिनमा जाने आउने तथा न्यून भोल्टज आउने […]

राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

जुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । लामो प्रयास र संघर्षपछि जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।पूर्वनिर्धारित समयअनुसार साउनकै दोस्रो साताबाट जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको नेपाल विद्युत् प्राधिरकण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए । उनले भने, “दैलेखदेखि दुल्लु १५० किमि, दुल्लुदेखि कालिकोट ६० किमि र कालिकोट हुँदै जुम्ला ८० किमिको दूरीमा […]

राष्ट्रिय प्रसारण लाइनमा जोडियो कालिकोट

राष्ट्रिय प्रसारण लाइनको पहुँचमा नपुगेका साविक कर्णालीका पाँच जिल्लामध्ये कालिकोटमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ । गत सोमबारदेखि कालिकोट जिल्लामा परीक्षण प्रसारण सुरु भएसँंगै वर्षौंदेखि अन्धकार झेल्दै आइरहेका कालिकोटबासीले उज्यालो पाउने भएका छन् ।कर्णाली प्रदेशको सुर्खेतमा पुगेको राष्ट्रिय विद्युत्को प्रसारणलाइन केही वर्षदेखि दैलेख जिल्लामा विस्तार भएको लाइन कालिकोट पुगेपछि कालिकोटबासी अब अन्धकारबाट मुक्त हुने भएका छन् […]