राष्ट्रिय प्रसारण लाइनको पहुँचमा नपुगेका साविक कर्णालीका पाँच जिल्लामध्ये कालिकोटमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ । गत सोमबारदेखि कालिकोट जिल्लामा परीक्षण प्रसारण सुरु भएसँंगै वर्षौंदेखि अन्धकार झेल्दै आइरहेका कालिकोटबासीले उज्यालो पाउने भएका छन् ।कर्णाली प्रदेशको सुर्खेतमा पुगेको राष्ट्रिय विद्युत्को प्रसारणलाइन केही वर्षदेखि दैलेख जिल्लामा विस्तार भएको लाइन कालिकोट पुगेपछि कालिकोटबासी अब अन्धकारबाट मुक्त हुने भएका छन् […]