मस्र्याङ्दी करिडोर २२० केभी विद्युत प्रसारणलाइन निर्माण रोक्न प्रभावितको माग

लमजुङ-लमजुङको मस्र्याङ्दी करिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणकार्य रोक्न प्रभावितले माग गरेका छन् । विद्युत प्रसारणलाइन निर्माण गरेको नेपाल विद्युत प्राधिकरणले प्रभावितहरूलाई धम्काएर काम अघि बढाएको भन्दै तत्काल काम रोक्न माग गरेका हुन् ।आयोजना प्रभावित क्षेत्र दोर्दी–१ र २ का स्थानीयले मंगलबार सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी आयोजनाले बल मिचाइ गरेको आरोप लगाएका हुन् […]