पर्वत : चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो।छिनालमाथि वैशाख ८ गते साँझ ७ बजेको समयमा वारी बेनीकै चार वर्षीया बालिका बलात्कार गरेको अभियोग लागेको छ। पर्वत प्रहरीका अनुसार छिनालले