पाल्पामा एक बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई प्रहरीले पक्राउ गरेको हो ।चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।