नेपाली काँग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले वर्तमान मेयर महर्जनलाई नै दोहोर्याउने निर्णय गरेको काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए ।त्यस्तै काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ भने काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ ।