देउवाले छोरा जयवीरसिंहलाई राजनीतिमा ल्याएपछि गृहजिल्ला डडेलधुरामा भाँडभैलो

आफ्ना छोराको सदस्यता थप्ने तर अरु पार्टीमा योगदान गरेका पाँच सय जनाको क्रियाशील सदस्यता काट्नै भन्दै मल्लले आपत्ति जनाउनुभएको छ । मल्लका अनुसार जिल्लाबाट पठाइएका पाँच सय जनाको नाम क्रियाशील सदस्यको सूचीबाट हटाइएको छ ।

सम्बन्धित सामग्री

राजनीतिमा सुहाङ सम्भावना

सुवास नेम्वाङका छोरा सुहाङले राजनीतिको लामै यात्रामा निस्कने तयारी गरिरहेका छन् । राजनीतिकर्मी हुँदा चाहिने योग्यताबारे उनी प्रष्ट छन् । ‘पढेर अब्बल हुनु एउटा कुरा हो, तर सँगै राजनीतिमा चाहिने इमान र सिद्धान्त हो’ उनी भन्छन्, ‘लोकतन्त्रमा अझ धेरै इमान चाहिन्छ, जनताले विश्वास गर्ने भनेकै इमानलाई हेरेर हो ।’

दिपक सिंहका छोरा मुलधारको राजनीतिमा प्रवेश

हेटौंडा, भदौ १। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपकबहादुर सिंहका छोरा सम्राट सिंह राप्रपा मकवानपुरको जिल्ला सदस्य र उद्योग विभाग प्रमुखमा मनोनित भएका छन् । जिल्ला पदाधीकारी बैठक बाट सिंह र सरोज अर्याललाई जिल्ला सदस्यमा मनोनित गरिएको राप्रपा जिल्ला प्रवक्ता आयुष डोटेलले जानकारी दिए ।

विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीमा उपेन्द्रका छोरा अमरेन्द्र

नेपाली राजनीतिमा परिवारवाद हाबी छ । आफ्नो राजनीतिक विरासत कायम गर्न कसैले छोरा, कसैले छोरी, कसैले श्रीमतीलाई अघि बढाएका छन् । तर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसबाट कोसौँ टाढा छन् । उनले आफ्नो राजनीतिको वरपर अहिलेसम्म आफ्ना परिवारका सदस्यलाई आउन दिएका छैनन् ।अब भने उपेन्द्र यादवलाई आफ्नो यो पहिचान जोगाउन कठिन हुने देखिएको छ । परिवारवादबाट मुक्त छविलाई जोगाउने वा अरूजस्तै आफू पनि परिवारवादमा मुछिने भन्ने सवालले उनी नैतिक सङ्कटमा परेका छन् ।त्यसो त, उपेन्द्र यादवको भूमिगत रा

कांग्रेस नेता दीपकुमारका छोरा आशीष शर्माको प्रदेश सदस्यमा उम्मेदवारी

कपिलवस्तु, १६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्विनी प्रदेश समितिको सदस्य पदमा कांग्रेसका नेता तथा पुर्वराजदुत दीपकुमार उपाध्यायका छोरा आशीष शर्माले उम्मेदवारी घोषणा गरेका छन् । पछिल्लो समयमा कांग्रेस कपिलवस्तुको राजनीतिमा सक्रिय रहेका युवा नेता शर्माले अब राजनीतिमा युवाहरु अग्रसर हुनुपर्ने बेला आएको बताए । राजनीतिलाई पेशा नबनाएर रुचि बनाउने प्रतिवद्धता गर्दै आफु […]

खुमबहादुर खड्काका छोरा राजनीतिमा

काँग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा राजनीतिमा सक्रिय भएका छन् । दाङ क्षेत्र नम्बर १ को अधिवेशन हुँदै गर्दा खड्काका छोरा अनुराग खड्काले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन् । बुबाको निधन खड्काले कांग्रेसको राजनीतिमा आफ्नो सक्रियता बढाउँदै आएका छन् । उसो त अनुरागका आमा शिला पनि कांग्रेसको केन्द्रीय सदस्य रहेकी छन् ।

प्रकाशमानको श्रीमती र छोरा राजनीतिमा सक्रिय, बने महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको श्रीमती र छोरा काँग्रेसको राजनीतिमा सक्रिय भएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ७ मा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रकाशमानका श्रीमती सिर्जना र छोरा प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।प्रकाशमान सिंह सभापतिमा उठ्ने भएपछि श्रीमती र छोरा पनि राजनीतिमा सक्रिय हुँदै महाधिवेशन प्रतिनिधि भएका हुन् । ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी भएपनि सिर्जना पछिल्लो समय काँग्रेस राजनीतिमा सक्रिय भूमिकामा आएकी थिइनन

प्रकाशमानका छोरा प्रभासमान महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं, ६ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहका जेठा छोरा प्रभासमान सिंह राजनीतिमा अगाडि बढेका छन् । उनी काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नं ७ बाट प्रभासमान निर्विरोध निर्वाचित भएका हुन् । सोही क्षेत्रबाट प्रकाशमानकी पत्नी सृजना सिंह पनि निर्विरोध निर्वाचित भएकी छिन् । प्रकाशमान सिंहको निवास चाक्सीबारी […]

देउवापुत्र राजनीतिमा प्रवेश गर्दा कार्यकर्ताबीच कुटाकुट

डडेल्धुरा– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले राजनीतिमा प्रवेश गरेका छन्। जयवीरले यसपालि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बाट सदस्यता लिएका छन्। गन्यापधुरा गाउँपालिका–१ नम्बर वडामा नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम छ। गन्यापधुरा गाउँपालिका– १ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए। देउवाका एक्ला सन्तान जयवीर राजनीतिमा […]

देउवाका छोरा जयवीरको राजनीतिमा ‘डेब्यु’, डडेल्धुराबाट लिए सदस्यता

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा राजनीतिमा प्रवेश गरेका छन्। २६ वर्षीय जयवीरले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटीको सिफारिसमा कांग्रेसको क्रियाशील सदस्यता लिएका छन्।गन्यापुरा गाउँपालिका–१ असिग्राम प्रदेशसभा क्षेत्र (ख) मा पर्छ। उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १ सय ६६ नम्बरमा जयवीरसिंहको नाम छ।कांग्रेसबाट निर्वाचित भएका गाउँपालिका–१ का वडाध्यक्ष चेतराज भट्टका अनुसार जयवीरलाई सातौं जिल्ला अधिवेशन