बजेट प्रतिस्थापन विधेयकमा श्रम सहकारीहरु पनि सार्वजनिक निर्माणमा प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने उल्लेख भएसँगै खरिद नियमावली ११औं संसोधनमा उक्त प्रावधान समेटिएको छ । अर्थमन्त्री जनार्दन शर्माले १० करोडसम्मको लागत रहेका आयोजनामा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने कुरा कानुनमा समेटिने बजेट भाषणका क्रममा बताएका थिए । तर त्यसलाई घटाएर अहिले नियमावलीमा ५ करोड रुपैयाँसम्म लागत अनुमान भएका ठेक्कामा लाभग्राही समुदायबीच आपसमा प्रतिस्पर्धा गराइने उल्लेख छ ।