कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेस कास्की केन्द्रित भएको छ । शुक्रबारदेखि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, युवा नेता गगन थापा सहितका नेताहरु उपनिर्वाचनको अवसरमा कास्कीमा केन्द्रित भएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए ।