अनुमति नलिएका २ सय बढी प्लटिङका जग्गा किनबेचमा प्रतिबन्ध !

काठमाडौँ उपत्यकामा अनाधिकृत प्लटिङ बढेपछि जग्गा रोक लगाउने अवस्था सिर्जना भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अनुमति नलिई भईरहेका प्लटिङको जग्गा रोक लगाउने तयारी थालेको हो । प्राधिकरणले अनुमति नलिई गरिएका २ सय बढी प्लटिङका जग्गा रोक्का राख्न सुक्ष्म तयारी गरिरहेको बताएको छ । भक्तपुर र ललितपुर २ सय भन्द्या बढी ठाउँमा बिना अनुमति प्लटिङ भईरहेको पाईएको प्राधिकरणले जनाएको छ । यी ठाउँको जग्गा तत्काल रोक्का राखिने छ । कित्ता नम्बर खोजिँदै उपत्यका विकास प्राधिकरणले अनुमति नलिई प्लटिङ भईरहेका ठाउँको जग्गाको कित्ता खोज्ने काम गरिरहेको छ । यसका लागि छुट्टै टोली नै बनाएर खटाईएको प्राधिकरण स्रोतले बताएको छ । स्रोतका अनुसार कित्ता नम्बर खोज्न खटाईएको टोलीका सदस्यहरुको विवरण गोप्य राखिएको छ । यो टोलीले धेरै ठाउँको कित्ता नम्बर फेला पारिसकेको छ ।सबै ठाउँको कित्ता नम्बर भेटिएपछि एकुमष्ट रुपमा सम्बन्धित जिल्लाको जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेर जग्गा रोक्का राखिने छ । ‘मापदण्ड पूरा गरे फुकुवा गरिदिन्छौँ’प्राधिकरणले अनाधिकृत प्लटिङको जग्गा तत्काल रोक्का राखेपनि डेभलपर्सहरुले तोकिएको मापदण्ड पूरा गरे पछि फुकुवा गरिदिने जनाएको छ । मापदण्ड अनुसार ५ प्रतिशत खुला ठाउँ र २० फिटको बाटो कायम गरेर आए रोक्का राखेपछि पनि फुकुवा गरिदिने प्राधिकरण स्रोत बताउँछ । तर, यदि मापदण्ड पूरा गर्न नसकेको खण्डमा भने रोक्का राखिएका प्लटिङको जग्गाको किनबेचमा पूणर्रुपमा बन्देज लगाईनेछ ।अहिले अधिकांश प्लटिङमा जम्मा १३ फिटको मात्रै बाटो पाईएको प्राधिकरणको अनुभव छ ।

सम्बन्धित सामग्री

रुसद्वारा २३५ जना अस्ट्रेलियालीमाथि प्रतिबन्ध

अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमाथि प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा २ सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको हो।

रुसद्वारा २३५ जना अस्ट्रेलियालीमाथि प्रतिबन्ध

अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमाथि प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा २ सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको हो।

बोरामा दुई सय बढ्यो

भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीले चामलको मूल्य बढाएका छन् । स्थानीय बजारमा २० देखि ३० किलोका चामलमा १ सय ५० देखि २ सय रुपैयाँसम्म बढाइएको हो । बजारमा खपत हुने अधिकांश ब्राण्डमा यो मूल्य बढेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बजार अनुगमन गर्ने क्रममा प्रतिबोरा चामलमा १ […]

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउनु अवसर कि चुनौती ?

अभियान दैनिकको टिप्पणीमा भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि अवसर भनेर लेखेको पाइयो । के कसैले प्रतिबन्ध लगाउनु पनि अवसर हुन्छ ? त्यसो त भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा पनि नेपालका लागि आत्मनिर्भरताको अवसर भनेको पाइएकै थियो । जति नै अवसर भने पनि त्यस अवसरलाई उपयोग सरकार र निजीक्षेत्रले नगरेकाले खासमा त्यो अवसर हो भन्न सकिँदैन । अवसर त त्यस्तो हो जो देखापर्नासाथ फाइदा लिइहालिन्छ । जस्तै भारतले पाम आयल आयातमा कडाइ गर्दा नेपालले भन्साररहित सुविधाको अवसर पायो । त्यो अवसरको उपयोग गरेर व्यापारीले टन्न भारतमा पाम आयल निर्यात गरे र कुस्त कमाए पनि । अवसर भनेको यस्तो हो ।  हो, भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीका लागि भने अवसर बनेको छ । यही निहुँमा उनीहरूले चामलको भाउ बढाउन थालिसकेका छन् ।  गत सेप्टेम्बरमा बासमतीबाहेकको अन्य चामल निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा हप्तादिनमै चामलको मूल्य बढेको थियो । त्यस बेला व्यवसायीहरूले प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बढाएका थिए । अहिले पनि त्यस्तै हुने आशंका छ ।  नेपालमा उत्पादन भएको धानले बजारमा माग धान्दैन । त्यसो हुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । भारतले निर्यातमा प्रतिबन्ध गरेको अवस्थामा नेपालमा मूल्यमा प्रत्यक्ष असर पर्छ ।  सौरभ शाक्य कालिमाटी, काठमाडौं ।

आयात प्रतिबन्ध परिमार्जनसहित निरन्तरता : विभिन्न १० वस्तुको आयात भदौ १४ सम्म रोक

काठमाण्डाै - सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धकाे निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो। देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीलगायतको आयातमा प्रतिबन्ध लगाएको थि...

श्रम गन्तव्य मुलुकबाट प्रतिबन्ध खुकुलो

काठमाडौं । कोरोना महामारीलाई प्रमुख कारण देखाउँदै नेपालका प्रमुख श्रम मुलुकहरूले लगाएको प्रतिबन्ध विस्तारै खुकुलो गर्न थालेका छन् । यसकारण महामारी शुरू भएयता नै प्रभावित बनेको वैदेशिक रोजगारी तंग्रिनेमा आशा बढेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई लगाएको यात्रा प्रतिबन्ध सोमवारदेखि खुला गरेको छ । रोयटर्सका अनुसार नेपालसहित १५ मुलुकलाई लगाइएको यात्रा प्रतिबन्धमा खुला गरिएको हो । विश्व स्वास्थ्य संगठनले मान्यता दिएका कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका नेपाली नागरिकले यूएई प्रवेश पाउनेछन् । यसअघि कोरोनाको डेल्टा प्रजाति पैmलिएको बताउँदै नेपाललगायत मुलुकलाई रोक लगाइएको थियो । महामारीको कारण रोकिएको दुबईको अन्तरराष्ट्रिय प्रदर्शनी मेला अक्टोबर १ देखि शुुरू हुँदै छ । उक्त मेलालाई दृष्टिगत गरी यात्रामा खुला गरिएको यूएईको विदेश मन्त्रालयले बताएको छ । अधिकारीहरूले मेला अगाडि लगाइएको यात्रा प्रतिबन्ध खुलाउने बताउँदै आएका थिए । खुला गरिएका मुलुकहरूमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, युगान्डा, सियरा लियोन, दक्षिण अफ्रिका, नाइजेरिया र अफगानिस्तान छन् । तर, पीसीआर परीक्षणको प्रमाणपत्र भने देखाउनुपर्नेछ । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार नेपालीहरूका लागि आकर्षक मानिएको दुबईसहित कुवेत, मलेशियाले महामारीयता नेपालबाट कामदार नै लिएका थिएनन् । ती देशले नेपाललाई जोखिमको सूचीमा राखी कामदार नलिँदा करीब २ वर्षदेखि नेपालीहरू रोजगारीका लागि ती मुलुक जान सकेका थिएनन् । साउदी अरब (यूएई) ले आफ्नो देशको भिसा नियमलाई खुकुलो बनाएको छ । कोभिड प्रोटोकललाई कडाइका साथ लागू गर्दै यूएई सरकारले प्रतिबन्धलाई खुकुलो गरेको हो । उसले विभिन्न ५० ओटा नयाँ योजनाअन्तर्गत भिसासम्बन्धी नयाँ व्यवस्था ल्याएको छ । यूएईले ल्याएको यो व्यवस्थाले भिसा प्रक्रियालाई सहज र थप प्रभावकारी बनाउने छ । यूएईले प्रदान गर्ने गोल्डेन भिसावाहक आप्रवासीले राष्ट्रिय प्रायोजकविनै त्यहाँ बस्न, काम गर्न तथा अध्ययन गर्न पाउनेछन् । नयाँ नियमअनुसार गोल्डेन भिसाका लागि म्यानेजर, सीईओ, वैज्ञानिक, इन्जिनीयर, स्वास्थ्य शिक्षा व्यापार, प्रविधिसँग सम्बद्ध व्यक्तिहरूले आवेदन दिन सक्छन् । यसबाहेक दीर्घकालीन निवास प्राप्त गर्न अत्यधिक कुशल र विशेष बासिन्दा, लगानीकर्ता, उद्यमी, वैज्ञानिक, अग्रणी विद्यार्थी र स्नातकहरूका लागि पनि यो भिसा सहज बनाइएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । यूएई सरकारले यसअघि व्यावसायिक यात्राको लागि दिने गरेको ३ महीनाको अवधिलाई लम्ब्याएर ६ महीना बनाएको छ । यूएईमा रहेका आप्रवासीले आप्mनो परिवारका सदस्यहरूलाई भिसा स्पोन्सर गर्न पनि सक्नेछन । नयाँ व्यवस्थाअनुसार अब यूएईमा कारणवश जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा पहिले १ महीनासम्म मात्र यूएईमा बस्न पाइन्थ्यो । तर, अब ३ महीनासम्म बस्न सकिनेछ । नेपालीका लागि आकर्षक मानिएको गन्तव्य मुलुक कुवेतले केही समयपछि भिसा खुला गर्ने तयारी गरेको छ । कुवेतले करिब आधा वर्षको अन्तरालमा भिसा खुला गर्न लागेको हो । कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको र पहिला भिजिट भिसा खुल्ला गर्ने र त्यसलगत्तै सबैका लागि खुला गर्दै छ । कुवेतमा निर्माण सल्लाहकार, इन्जिनीयर, प्राविधिक र शिक्षकहरूको माग अत्यधिक बढेको छ । यसैबीच, वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरूको भाषा परीक्षा सम्पन्न गरेको छ । विभागले तोकेको काठमाडौंका १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न भएको वैदेशिक रोजगार विभागले बताएको छ । इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । यसमध्ये ७ हजार ९ जनाले प्रवेशपत्र पाएका थिए । प्रवेशपत्र प्राप्त गरेका ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिलामध्ये सोमवारको परीक्षामा ६९२ जना पर्रीक्षाथी अनुपस्थित भए । विभागका निर्देशक कमल ज्ञवालीले परीक्षाको नतिजा २ देखि ५ दिनभित्रमा प्रकाशन गरेर १० देखी १२ दिनभित्र अन्तर्वार्ता लिइनेछ । असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरी इजरायल पठाउन त्यहाँको सरकारलाई सूची उपलब्ध गराउने तयारी छ ।

श्रीलङ्कामा अनुहार छोप्ने पहिरन प्रतिबन्ध

गत साता भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाले ज्यान गुमाएपछि त्यहाँको सरकारले मानिसहरूको अनुहार नदेखिने र पहिचान गर्न समस्या हुने खालका पहिरनमा सोमवारदेखि प्रतिबन्ध लगाएको छ।

भारतमा अब २ सय रूपैयाँको नोट

भारतले २ सय रूपैयाँको नोट बजारमा पठाउने भएको छ। कारोबार गर्न सजिलो होस् भनेर भारतीय रिजर्भ बैंकले २ सयको नयाँ नोट ल्याउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नयाँ नोट शुक्रबारदेखि एटिएम र बैंकबाट उपलब्ध हुनेछ। गत वर्ष कालो धन नियन्त्रण गर्ने भन्दै भारतले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएको थियो।