भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउनु अवसर कि चुनौती ?

अभियान दैनिकको टिप्पणीमा भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि अवसर भनेर लेखेको पाइयो । के कसैले प्रतिबन्ध लगाउनु पनि अवसर हुन्छ ? त्यसो त भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा पनि नेपालका लागि आत्मनिर्भरताको अवसर भनेको पाइएकै थियो । जति नै अवसर भने पनि त्यस अवसरलाई उपयोग सरकार र निजीक्षेत्रले नगरेकाले खासमा त्यो अवसर हो भन्न सकिँदैन । अवसर त त्यस्तो हो जो देखापर्नासाथ फाइदा लिइहालिन्छ । जस्तै भारतले पाम आयल आयातमा कडाइ गर्दा नेपालले भन्साररहित सुविधाको अवसर पायो । त्यो अवसरको उपयोग गरेर व्यापारीले टन्न भारतमा पाम आयल निर्यात गरे र कुस्त कमाए पनि । अवसर भनेको यस्तो हो ।  हो, भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीका लागि भने अवसर बनेको छ । यही निहुँमा उनीहरूले चामलको भाउ बढाउन थालिसकेका छन् ।  गत सेप्टेम्बरमा बासमतीबाहेकको अन्य चामल निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा हप्तादिनमै चामलको मूल्य बढेको थियो । त्यस बेला व्यवसायीहरूले प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बढाएका थिए । अहिले पनि त्यस्तै हुने आशंका छ ।  नेपालमा उत्पादन भएको धानले बजारमा माग धान्दैन । त्यसो हुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । भारतले निर्यातमा प्रतिबन्ध गरेको अवस्थामा नेपालमा मूल्यमा प्रत्यक्ष असर पर्छ ।  सौरभ शाक्य कालिमाटी, काठमाडौं ।

सम्बन्धित सामग्री

बैतडीमा कैदीबन्दी व्यवस्थापनमा चुनौती

बैतडी, ३ असार । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।   कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३  कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिए । उनले भने, “व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दीसम्म सुत्ने गरेका छन्, । शय्यामाथि […]

दादुरा निवारण गर्न चुनौती

काठमाडौं, जेठ २६ । सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने नेपालको लक्ष्यमाथि चुनौती थपिएको छ । पाँच महिनाअघि नेपालगन्जबाट सुरु भएको दादुराले अहिले देशव्यापी रूप लिँदा चुनौती थपिएको हो । हाल काठमाडौँसहित सुर्खेत, बाँके, बर्दिया, कैलाली, बाजुरालगायतका जिल्लामा दादुराको प्रकोप फैलिएको छ । गत पुसअघिसम्म नेपालगन्जमा मात्र फैलिएको दादुरा पछिल्लो समय काठमाडौँसहित १५ जिल्लामा फैलिइसकेको […]

सुदूरपश्चिममा दादुरा–रुबेला निवारणमा चुनौती

सुदूरपश्चिम प्रदेशमा दादुरा–रुबेला निवारणमा चुनौती थपिएको छ। प्रदेशमा सन २०२२ भन्दा सन २०२३ मा दादुरा रुवेलाका बिरामी पुष्टि भएसँगै निवारणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

अझै चुनौती बन्दै बालविवाह

बागलुङमा बालविवाह अझै चुनौतीकैरुपमा रहेको छ । यहाँका कतिपय पालिकामा बालविवाह कम रहे पनि कतिपयमा चुनौती कायमै छ । बालमैत्री नगर घोषणाको अन्तिम तयारी भइरहेको गलकोट नगरपालिकामा बालविवाह चुनौतीका रुपमा छ । बालमैत्री नगरपालिका घोषणाका लागि तयारी गरिरहेको बागलुङ नगरपालिकाले पनि बालविवाहको चुनौती पार लाउन सकेको छैन । गलकोटले अधिकांश सूचक पूरा भइसक्दा पनि बालविवाह भने […]

गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती

सर्लाही क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती थपिदिएको छ।...

चुनौती स्वीकार गर्दै नेपाल आइपुगे मनोज प्रभाकर

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु ।’

नाडालका लागि चोट नै चुनौती

राफाइल नाडालका लागि शुक्रबार निक किर्गाेसविरुद्धको विम्बल्डन सेमिफाइनलसम्म चोटमुक्त हुँदै कोर्टमा फर्कनु नै चुनौती बनेको छ।...

पार्किङ: चुनौती र समाधान

काठमाडौं । पार्किङ चुनौती पहिलो अटोमोबाइलको आविष्कारसँगै सुरु भयो तर जनसंख्या विस्तार र सहरीकरणको प्रक्रिया अगाडि बढ्दै जाँदा यो झन् झन् बढ्दै गयो। यी पार्किङ चुनौती समाधान गर्न थप आविष्कार भएका छन्। आधारभूत अवधारणाले पार्किङ चुनौती पैदा गर्छ। सहरी क्षेत्र र सहरहरूमा यो पार्किङ माग र पार्किङ आपूर्तिबीचको अन्तर हो। यी मुद्दामा गहिरिएर हेर्दा यी […]

चुनौती नै चुनौती छन्ः झलनाथ खनाल

काठमाडौं, १७ चैत्र । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा चुनौती नै चुनौतीको चाङ रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्वसमा सम्बोधन गर्दै देशको अहिलेको कार्यशैलीले चुनौतीहरुको सामना गर्न नसकेको र समस्याको समाधान पनि गर्न नसकेको बताए । देशमा चुनौती नै चुनौती छन्, नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनालले भने, हाम्रा […]

कोभिड–१९ ले निम्त्याएका शैक्षिक चुनौती

हाल विश्वभर फैलिएको कोभिड–१९ का कारण हरेक क्षेत्र अस्तव्यस्त भएका छन् । हरेक क्षेत्रमा चुनौती नै चुनौती थपिएका छन् । कोभिड–१९ का कारण देशभर लगाइएको निषेधाज्ञाका कारण अझै व्यापार, व्यवसाय,...