दुबईबाट २ सय ७० जना बोकेर जहाज नेपाल उड्यो, टिकट काटे पनि जरिवाना तिर्न नसक्दा ३ जना यतै रोकिए

यूएई – कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि समस्यामा परेका नेपाली बोकेर संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड विमान नेपाल उडेको छ । यूएईको दुबईबाट बुधबार दिउँसो पाँच नेपालीको शवसहित २ सय ७० जना बोकेर नेपाल एयरलाइन्सको वाइड बडी जहाज काठमाण्डौ उडेको हो ।  आजको उडानमा २ सय ३७ पुरुषसहित २८ जना महिला, ३ जना बालबालिका र २ जना शिशु गरी जम्मा २ सय ७० जना नेपाल फर्किएका हुन् ।  आज फर्किएका धेरै जसो यूएईमा जागिर गुमा...