कोरोनाभाइरसविरुद्धको खोप धेरै देशले लगाउन थालेका छन् ।
तर नर्वेमा खोप लगाएपछि मानिसहरूको मृत्यु भएपछि त्यहाँको सरकारले चिन्ता व्यक्त गरेको छ । फाइजरको खोप लगाएका २९ जनाको मृत्यु भइसकेको छ ।
खोप लगाएकामध्ये धेरैजसो वृद्धहरूको मृत्यु भएको छ । उनीहरूको उमेर ७५ देखि ८० वर्ष छ ।
उनीहरूले खोप लगाउँदा त्यो कोरोनाभाइरस रोक्न सक्षम थियो कि थिएन भन्ने विषय स्पष्ट छैन ।
नर्वेमा लगभग ४२ हजार मानिसलाई फाइजरको कम्तीमा एक डोज दिइसकिएको छ । वृद्ध तथा अन्य व्यक्तिलाई यो खोप जोखिमयुक्त मानिएको छ ।&nb...