अमेरिकामा फाइजरको खोप लगाएका चिकित्सकको मृत्यु

अमेरिकाको मायामी शहरमा कोरोनाविरुद्ध फाइजरको खोप लगाएका डाक्टर ग्रेगरी माइकलको मृत्यु भएको छ । उनकी पत्नी हेदी नेकलम्यानले खोप लगाउनुअघि पति स्वस्थ र सक्रिय रहेको बताइन् ।  खोप लगाउनुअघि डा माइकलको कुनै रोग पनि नरहेको उनले जानकारी दिइन् । खोप लगाएपछि डा माइकलको रगतमा असामान्य अवस्था देखिएको उनको भनाइ छ ।  खोप लगाएको १६ दिनमा डाक्टरको मृत्यु भएको हो । आइतवार अचानक हृदयघात भएर उनको ज्यान गएको नेकलम्यानले बताइन् ।  उनले भनिन्, ‘खोप लगाएपछि नै डा माइकलको मृत्यु भएको हो । यसको अर्को कुनै ...

सम्बन्धित सामग्री

न्युजिल्यान्डमा  कोभिडको फाइजर खोप लगाएका दोस्रो व्यक्तिको मृत्यु

न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ । खोपपछि उनलाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ । २६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो । पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो ।उनलाई खोपपछि हृदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएकाे जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । खोप लगाएपछि उनी त्रसित देखिएका थिए । यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।

न्यूजिल्याण्डमा फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु, देखियो दुर्लभ साइड इफेक्ट

न्यूजिल्याण्डमा कोरोना भाइरसविरुद्ध फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु भएको छ। एक स्वतन्त्र खोप सुरक्षा निगरानी बोर्डले महिलाको मृत्यु मायोकार्डिटिसका कारण भएको हुनसक्ने जनाएको छ। मायोकार्डिटिस एक स्वास्थ्य जटिलता हो...

अमेरिकी कोरोना खोप लगाएका २८ जनाको मृत्यु भएपछि दक्षिण अफ्रिकामा अनुसन्धान शुरु

८ साउन, काठमाडौं । दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो । सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले […]

नर्वेमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका २९ जनाको मृत्यु

कोरोनाभाइरसविरुद्धको खोप धेरै देशले लगाउन थालेका छन् ।  तर नर्वेमा खोप लगाएपछि मानिसहरूको मृत्यु भएपछि त्यहाँको सरकारले चिन्ता व्यक्त गरेको छ । फाइजरको खोप लगाएका २९ जनाको मृत्यु भइसकेको छ ।  खोप लगाएकामध्ये धेरैजसो वृद्धहरूको मृत्यु भएको छ । उनीहरूको उमेर ७५ देखि ८० वर्ष छ ।  उनीहरूले खोप लगाउँदा त्यो कोरोनाभाइरस रोक्न सक्षम थियो कि थिएन भन्ने विषय स्पष्ट छैन ।  नर्वेमा लगभग ४२ हजार मानिसलाई फाइजरको कम्तीमा एक डोज दिइसकिएको छ । वृद्ध तथा अन्य व्यक्तिलाई यो खोप जोखिमयुक्त मानिएको छ ।&nb...