बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ७ संस्थाले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार २२ मा थप ७ संस्थालाई स्वीकृति दिएको हो ।यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या ११६ पुगेका छन् । यस अघि बोर्डले एक साथ ४६ , त्यसपछि दोस्रो चरणमा थप १८ , तेस्रो चरणमा थप ७ , चौथो चरणमा थप ९ , पाचौ चरणमा थप ५ , छैठौ चरणमा थप २ , सातौ चरणमा थप ८ , आठौ चरणमा थप ५ , नवौ चरणमा थप ६ संस्था, १० औ चरणमा ३ र अहिले ११ औ चरणमा थप ६ संस्थालाई स्वीकृति दिएसंगै यस्तो स्वीकृति पाउनेको संख्या ११६ पुगेको हो ।पछिल्लो समय स्वीकृति पाउनेमा एशियन लाइफ इन्स्योरेन्स, मेगा म्युचुअल फण्ड, एनआइसी एसिया सेलेक्ट ५०, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड, सनराइज ब्लुचिप फण्ड, र नबिल बैंक रहेका छन् ।बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । हाल सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशनको तयारी गरिरहेका छन् । दुवै कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम अर्थात् रोड शोको लागि मिति तय गरेका छन् । दुवै कम्पनीले आईपिओको लागि भ्यालुएसन् मूल्य तय गरिसकेका छन् । योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।यो पनि : बुक विल्डिङ आईपिओ: सर्वोत्तम सिमेन्टको भन्दा रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्य बढी